कालिकोटमा वैद्य माओवादीबाट एमाओवादी चुनावीसभामा आक्रमण

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १३:१९ मा प्रकाशित

kalikot_district_mapकालिकोट, १२ कात्तिक– कालिकोटमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत माओवादीको चुनावी सभा बोथोल्ने प्रयास गरेपछि दुई पक्षबीच झडप भएको छ ।
झडपमा दुवै तर्फका गरी १२ घाइते भएका छन् ।

जिल्लाको रुप्सा गाविसमा मंगलबार एकीकृत माओवादीको चुनावीसभा हुनै लाग्दा वैद्य माओवादीका कार्यकर्ताले आक्रमण गरेका थिए । उम्मेदवार एव्म पूर्वमाओवादी लडाकुका डिभिजन कमाण्डर महेन्द्रबहादुर शाहीले मञ्चमा बोल्नै लाग्दा विदेशीको इशारामा निर्वाचन हुन लागेको भन्दै वैद्य कार्यकर्ताले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले आक्रमणमा संलग्नमध्ये नेकपा–माओवादी भेरी–कर्णाली राज्य समिति सदस्य टंकबहादुर सहकारीलाई स्थानीय कुमालगाउँ प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । घटनास्थल सदरमुकाम मान्माबाट सात कोषको दूरीमा पर्छ ।
बाजुरामा पनि अवरोध
यसैबीच वैद्य माओवादी कार्यकर्ताले बाजुराको मार्तडीमा चुनाव प्रचार–प्रसारका क्रममा रहेको एकीकृत माओवादी टोलीलाई अवरोध पुर्‍याएको छ । घटनापछि एमाओवादी कार्यकर्ताले प्रतिकार गरेपछि वैद्य कार्यकर्ता भागेका छन् । स्थानीय प्रशासनले निर्वाचन सुरक्षामा उचित ध्यान नपुर्‍याएको भन्दै एमाओवादी कार्यकर्ताले मंगलबार साँझ मार्तडीमा प्रदर्शन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us