निर्वाचन आयोगसँग प्रचण्डपुत्री आक्रोशित

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ९:३६ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– एकीकृत नेकपा माओवादी काठमाण्डु–१ की उम्मेदवार रेणु दाहालले निर्वाचन आयोगप्रति आक्रोश पोखेकी छन् ।
renuनयाँबानेश्वरमा मंगलबार भएको चुनावीसभामा माओवादी अध्यक्ष प्रचण्ड पुत्रीसमेत रहेकी रणुलेले निर्वाचन आयोगले पक्षपातपपूर्ण व्यवहार गरेको भन्दै आयोग पदाधिकारीको आलोचना गरेकी हुन् ।

निर्वाचन आचार संहिताविपरीत रंगिन पोष्टर टाँस्नुका साथै फ्लासबोर्ड झुड्याएको भन्दै आयोगले उनीसँग केही दिनअघि स्पष्टीकरण मागेको थियो । सभामा उनले काँग्रेस–एमालेलाई रंगिन पोष्टर टाँस्न छुट दिने निर्वाचन आयोगले आफूलाई मात्र स्पष्टीकरण मागेको भन्दै आक्रोश पोखिन् ।

उनले काँग्रेस–एमाले उम्मेदवारका रंगिन पोष्टर पनि तत्काल हटाउन माग गरिन् । ‘निर्वाचन आयोगले राजनीतिक आधारमा पक्षतपातपूर्ण व्यवहार गरेको छ’, रेणुले भनिन्, ‘रंगिन पोष्टर टाँस्दा पनि काँग्रेस–एमालेलाई केही नगर्ने, हामीलाई मात्र  स्पष्टकीरण सोध्ने ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us