
पुतलीबजार, १३ कात्तिक–सामुदायिक सेवा केन्द्र प्रगतिनगर स्याङ्जाको आयोजनामा भएको स्थानीयवासीको भेलाले तिहारलाई सभ्य र शान्त रुपमा सम्पन्न गर्न सहयोग गर्ने जनाएको छ ।
भेलाले तिहारको अवसरमा जुवातास खेल्न र पटाका पड्काउन नियन्त्रण गर्ने तथा साँझ ९ बजेदेखि देउसी भैलो खेल्न बन्द गर्ने निर्णय गरेको छ । साथै नागरिक सचेतनामूलक अपिल र प्रचारप्रसार गर्ने जनाएको छ ।
भेलामा प्रहरी निरीक्षक सन्तोष तामाङले तिहार र संविधानसभा निर्वाचन दुवैलाई लक्षित गरी प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको बताउँदै जुवातास खेल्न र पटका पट्काउन रोक लगाएको जानकारी दिए ।