अरिङ्गालले टोकेपछि विद्यालय बन्द

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ४:४५ मा प्रकाशित

सल्यान, १३ कात्तिक–सल्यानको कपुरकोटमा अरिङ्गालले टाकेर तीनजना विद्यार्थी घाइते भएपछि विद्यालय बन्द गरिएको छ । कालिका मावि कपुरकोटमा बुधबार विहान प्रार्थनाको समयमा लाइन बसेकोबेला अरिङ्गालले टोकेर विद्यार्थी घाइते भएपछि विद्यालय बन्द गरिएको हो । 

कक्षा ९ की छात्रा मनिसा पुन र कक्षा १० की डिला बुढालाई धेरै अरिङ्गालले टोकेकोे छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार गरिएको शिक्षक चुडामणि केसीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us