
बुटवल, १३ कात्तिक–रुपन्देहीको करौता गाविसमा एक दम्पतिले आफ्नै छोरीको हत्या गरेका छन् । करौता ७ का महेश यादव र उनकी श्रीमतीले १९ बर्षीया छोरी मन्जुलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
मन्जुको चार महिना अघि भारतको महाराजगन्जमा विहे भएको थियो । विहेपछि उनी माइत आएकी थिइन् । घरायसी विवादमा बाबुआमाले मंगलबार राती मन्जुको हत्या गरेको प्रहरीले जनाएको छ । छोरीको हत्या गर्ने बाबुआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।