चितवनमा बम

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते २:१८ मा प्रकाशित

चितवन, १४ कात्तिक–चितवनको भरतपुरमा विहीबार विहान बेवारिसे बम फेला परेको छ । भरतपुर नगरपालीका वडा नम्बर ५ लंकुस्थित चौतारोमा बम फेला परेको हो ।

मुख्यचोकमै बम फेला परेपछि स्थानीय आतंकीत भएका छन् ।

कालो झोलामा राखिएको सो बस्तु बम नै भएको बम डिष्पोजल टोलीले पुष्टी गरेको छ । शमशेरदल गण भरतपुरबाट खटिएको टोलीले बम निस्कृय पार्ने प्रयास गरिरहेको छ ।

बम कसले र किन राख्यो भन्नेबारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us