काँग्रेस उम्मेदवारको गाडिमा आगजनी

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते २:२३ मा प्रकाशित

दाङ, १४ कात्तिक–नेपाली काँग्रेस दाङ क्षेत्र नं. २ की उम्मेदवार शुसीला चौधरीले निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्दै आएको गाडीमा गएराती आगजनी भएको छ । लालमटीया–४ स्थित पार्टी कार्यकर्ता युवराज भुसालको घरमा पार्किङ गरी राखिएको लु १ अ ४५२३ नम्वरको गाडीमा आगजनी भएको हो ।

अवस्थामा अज्ञात समुहले आगजनी गरेको र आगजनीका कारण गाडीको टायर र अन्य भागमा क्षती पुगेको छ । आगजनी गर्ने समुहको खोजी जारी राखेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

यसअघि सोही क्षेत्रकी एमाले उम्मेदवार शान्ता चौधरीले प्रयोग गर्दै आएको गाडीमा पनि अज्ञात समुहले आगजनी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us