सुर्खेतमा भारतीय ट्रकमा आगजनी

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ४:४० मा प्रकाशित

सुर्खेत, १४ कात्तिक–सुर्खेतमा अज्ञात समूहले भारतीय गाडिमा आगजनी गरेको छ । सुर्खेतको सुब्बाकुला नजिक युपी ४०३०२४२२ नम्बरको गाडीमा आगजनी भएको हो ।

आगोमा जलेर चालक आदम खान सामान्य घाइते भएका छन् ।

आगजनी गर्ने समूहको पहिचान भएको छैन । तर, आगजनीमा वैद्य माओवादीका कार्यकर्ताको हात भएको हुनसक्ने प्रहरीको अनुमान छ । वैद्य माओवादीले सार्बजनिक गरेको आन्दोलनका कार्यक्रममा भारतीय नम्बरका गाडीहरुलाई नेपाल प्रवेशमा रोक लगाउने लगायतका बुँदा उल्लेख छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us