समाचार

विद्यालय बनाउन चार करोड सहयोग

२०७० पुष ११ गते २:१०

विराटनगर, ११ पुस–मोरङको अमरदह–७ गान्धीआश्रमस्थित जनता माध्यमिक विद्यालयको भवन निर्माणका लागि नेपालस्थित भारतीय राजदूतावासले चार करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । सो विद्यालयको दुईतले १६ कोठे पक्की भवन निर्माणका लागि दूतावासले उक्त रकम उपलब्ध गराउन लागेको जिल्ला विकास समिति मोरङका इन्जिनियर विनोद...

शीतलहरले जनजीवन प्रभावित

२०७० पुष ११ गते २:०८

धनगढी, ११ पुस–केही दिनदेखि चलेको शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले पश्चिम तराईका कैलाली, कञ्चनपुरलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । दिनभरि नै आकासमा लाग्ने बाक्लो हुस्सुसँगै चल्ने शीतलहरका कारण बढेको जाडोले विद्यालयका छात्रछात्रा, दैनिक मजदुरी गर्ने मजदुर र वृद्धवृद्धाहरुलाई बढी असर पु¥याएको छ । जाडो...

किन भने बाबुरामले–‘हे भगवान मलाई बचाउ’

२०७० पुष १० गते ११:०७

काठमाण्डु, १० पुस – संविधानसभा निर्वाचनपछि सामाजिक सञ्जालहरु मार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दै आएका एकीकृत माओवादी नेता डा. बाबुराम भट्टराईले आफूमाथि आफ्नै भन्नेहरुबाट खतरा रहेको बताएका छन् । सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत उनले आफ्ना अभिव्यक्ति र विचारहरुको आलोचना भएकामा रोष प्रकट गरेका छन् । भट्टराईले...

समानुपातिक सूची बुझाउने म्याद पाँच दिन थप

२०७० पुष १० गते १०:२८

काठमाण्डु, १० पुस – समानुपातिक सभासदको सूची बुझाउने म्याद तेस्रो पटक थपिएको छ । प्रमुख दलहरुको आग्रहमा निर्वाचन आयोगले थप ५ दिनको समय दिएको हो । बुधबार विहान बसेको आयोगको बैठकले सूची बुझाउने समय पुस १५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको आयोग प्रवक्ता...

कोइरालाले जँचाए कान

२०७० पुष १० गते १०:२७

काठमाण्डु, १० पुस– कांग्रेस सभापति सुशील कोइरालले कानमा समस्या देखिएपछि परीक्षण गराएका छन् । कोइरालाले बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कानको परीक्षण गराएका हुन् । अस्पतालका प्राध्यापक डा चोपलाल भुसाल लगायतको चिकित्सकको टोलीले उनको कानको परीक्षण गरेको थियो । कोइरालाको कानमा खासै समस्या नदेखिएको...

ट्रान्सफर्मर घोटालामा तानिए सुधीर

२०७० पुष १० गते १०:२२

काठमाण्डु, १० पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणद्वारा वितरित न्यून गुणस्तरको ट्रान्सफर्मर घोटाला प्रकरणमा नेपाली व्यापारीलाई पनि पक्राउ गरेको छ । आयोगले ट्रान्सफर्मर खरिद गर्दा अनियमितता एवं भ्रष्टाचार गरेको उजुरीको अनुसन्धानका सिलसिलामा श्रेवल्र्ड ट्रेडिङ हाउसका प्रोपाइटर सुधीर अन्जान श्रेष्ठलाई हिरासतमा लिएको हो...

कांग्रेस नेतृत्वको सरकारलाई समर्थन : अनन्त

२०७० पुष १० गते ९:३३

काठमाडौ, १० पुस– एकीकृत माओवादीका नेता वर्षमान पुनले कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई विनासर्त समर्थन गर्ने बताएका छन् । काठमाण्डुमा भएको कार्यक्रममा पुनले आफ्नो पार्टी सरकारमा नजाने र सरकार परिवर्तनको खेलमा पनि नलाग्ने स्पष्ट पारे । ‘अहिले अवस्थामा सरकार भन्दा पनि संविधान महत्वपूर्ण हो,’ पुनले...

जेसिजको राष्ट्रिय अध्यक्षमा दुईको उम्मेदवारी

२०७० पुष १० गते ९:३३

बागलुङ, १० पुस – पुस १२ गतेदेखि बागलुङमा सुरु हुने नेपाल जेसिजको ४० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाले उम्मदेवारी दिएका छन् । काठमाण्डु जेसिजका पूर्व अध्यक्ष एवम् पूर्व केन्द्रीय कार्यकारिणी उपाध्यक्ष सुशीलबाबु श्रेष्ठ र इनरुवा जेसिजका पूर्व अध्यक्ष वीरेन्द्र श्रेष्ठको उम्मेदवारी...

छिट्टै सरकार गठन हुने रेग्मीको विश्वास

२०७० पुष १० गते ८:२८

काठमाण्डु, १० पुस – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले छिट्टै निर्वाचित सरकार गठन हुने विश्वास व्यक्त गरेका छन् । राजधानीमा बुधबार एलआरआई उमाविको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै रेग्मीले संविधानसभा अधिवेशनसँगै छिट्टै नयाँ सरकार बन्ने बताए । संविधानसभा अधिवेशनको प्रारम्भसँगै संविधान निर्माण र निर्वाचित सरकार...

वृद्धसेवा केन्द्रमा दैनिक छाक टार्न समस्या

२०७० पुष १० गते ८:१६

कञ्चनपुर, १० पुस – घर परिवारबाट तिरस्कृत ज्येष्ठ नागरिकको पक्षका काम गर्दै आइरहेको महिला तथा वृद्धसेवा केन्द्र कञ्चनपुरमा आर्थिक अभावका कारण दैनिक छाक टार्न समस्या उत्पन्न भएको छ । महिला तथा वृद्धसेवा केन्द्र कञ्चनपुरकी अध्यक्ष शारदा चन्दले सेवा केन्द्रमा कहीँकतैबाट आर्थिक सहयोग नआएका कारण...

एकल महिलालाई यातायातमा २५% छुट

२०७० पुष १० गते ८:०१

कञ्चनपुर, १० पुस – कञ्चनपुरस्थित सेती महाकाली यातायात व्यवसायी समितिले एकल महिलालाई यातायातमा २५ प्रतिशत छुट दिएको छ । द्वन्द्वकालमा एकल भएका महिलालाई समितिले सो छुट दिएको हो । एकल महिलालाई सम्मान गर्ने उद्देश्यले छुट दिइएको सेती महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष बाबुराम शर्माले...

एमाओवादी पूर्व पोलिटव्यूरो बैठक स्थगित

२०७० पुष १० गते ७:५६

काठमाण्डु १० पुस – एकीकृत माओवादीको पूर्व पोलिटव्यूरोको बैठक बिहिवारसम्मका लागि स्थगित भएको छ । बैठक बुधवार दिउसो १ बजे पार्टी मुख्यालयमा बोलाइएको थियो । शिर्ष नेतृत्वको आन्तरिक कार्यव्यस्तताका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ । समानुपातिक तर्फका उम्मेदवारको सूचीलाई अन्तिम रुप दिने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us