समाचार

प्रहरीका दुई हवल्दार र दुई जवान निलम्बित

२०७० पुष १० गते ७:०७

भक्तपुर, १० पुस – महानगरीय प्रहरी परिसर भक्तपुरले प्रहरी अनुशासन र आचरणविपरीत कार्य गरेको भन्दै दुई प्रहरी जवान र दुई प्रहरी हवल्दारलाई निलम्बन गरेको छ । निलम्बित हुनेमा  प्रहरी जवान दामोदर पन्थ र सन्तोषसिंह धामी तथा  प्रहरी हवल्दार रामकृष्ण थापा र दिलबहादुर दमाई रहेको...

तराईमा चिसो अत्याधिक बढ्यो

२०७० पुष १० गते ६:४४

विराटनगर, १० पुस – मौसममा आएको परिवर्तनले पूर्वी तराईमा अत्याधिक चिसो बढेको छ । तराईमा सम्भवत पुसको पहिलो हप्तादेखि माघको अन्तिमसम्म कडा जाडो हुने गर्दछ । जाडोबाट बच्न मानिसहरु बाक्लो, न्यानो लुगा लगाउँछन् भने खानेकुरा तागतिलो खानेकुरा खाने गर्दछन् । जाडोमा खास गरी बालबालिका...

महोत्तरीमा भ्रष्टाचारको रहस्य खुल्दै

२०७० पुष १० गते ६:३९

बर्दिवास, १० पुस – महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा एकपछि अर्को भ्रष्टाचारको रहस्य खुल्दै गएको छ । पछिल्लो पटक सो गाविसमा ग्रामीण सडक मर्मत शीर्षकमा भ्रष्टाचार भएको रहस्य खुलेको हो । यसअघि गत वर्ष सामाजिक सुरक्षाको रकम र अन्य विकास शीर्षकको रकम दुरुपयोग भएको उजुरी...

सुडानमा चार नेपाली शान्ति सेना घाइते

२०७० पुष १० गते ५:५०

काठमाण्डु, १० पुस–शान्ति स्थापनाका लागि दक्षिणी सुडानमा खटिएको नेपाली सेनाका चार सैनिक त्यहाँस्थित विद्रोहीहरूको मोर्टार आक्रमणमा परी सामान्य घाइते भएका छन् । दक्षिणी सुडानको बोरस्थित नेपाली सेना तैनाथ युनिट परिसरमा विद्रोहीहरूले मङ्गलबार अपराह्न ४ देखि राति ८ बजेसम्म गरेको चारवटा मोर्टार आक्रमणमा परी उनीहरू...

युवतीमाथि तेजाब खन्याए युवकले

२०७० पुष १० गते ४:०९

धनगढी, १० पुस–आफूसँग विवाह गर्न नमानेको भन्दै विक्षिप्त मनस्थितिमा पुगेका एक युवकले छ्यापेको तेजाबका कारण कैलालीमा एक युवती घाइते भएकी छन् । गेटा गाविस–४ का २३ वर्षीय रवीन्द्र ठगुन्नाले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत १९ वर्षीया युवतीको शरीरमा बिहान विद्यालय जाँदै गरेको मौका छोपी...

आज क्रिसमस, इसाई धर्मावलम्बीलाई शुभकामना

२०७० पुष १० गते ३:४०

काठमाण्डु, १० पुस–ईसाई धर्मावलम्वीहरुको महान पर्व क्रिसमस बुधबार नेपाल लगायत विश्वभर हर्षोल्लासका साथ मनाइँदै छ । ईसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्मदिनको सम्झनामा हरेक बर्षको डिसेम्बर २५ मा यो पर्व मनाउने गरिन्छ । नेपालका ईसाई धर्मावलम्वीहरुले पनि चर्च तथा अन्य सार्वजनिक स्थलहरुमा प्रार्थना तथा...

ट्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु

२०७० पुष १० गते ३:३९

काठमाण्डु, १० पुस– बाग्लुङ र सोलुखुम्बुमा भएका ट्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । बाग्लुङको सर्कुवा गाविस–५ मा ध १ त २१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । कुश्मीशेराबाट जैदीको धुल्लुका लागि सामान लिएर जाँदै ट्रयाक्टर माइको स्थान नजिकै दुर्घटना...

गोली हानेर एकजनाको हत्या

२०७० पुष १० गते ३:२७

काठमाण्डु, १० पुस–मोरङको सुन्दरपुर ६ मा गोली हानेर एकजनाको हत्या भएको छ । अज्ञात समूहले गोली हानेर स्थानीय ४५ बर्षीय मानबहादुर तामाङको हत्या गरेको हो । तीनवटा मोटरसाइकलमा ६ जनाको संख्यामा आएको समूहले गोली हानेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर घाइते भएका...

शीतलहरले जनजीवन प्रभावित

२०७० पुष १० गते ३:०८

पर्सा, १० पुस–मध्य तथा पूर्वी तराईका बिभिन्न जिल्लाहरुमा शीतलहरले जनजीबन प्रभावित भएको छ । बाक्लो कुहिरोसँगै चलेको शीतलहरले बालबालिका र बृद्ध बृद्धा बढि समस्यामा परेका छन् । चिसोकै कारण नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा दैनिक ५५ जनाभन्दा बढि बालबालिका उपचारको लागि भर्ना हुने गरेका छन्...

नेपालमा शान्ति र समृद्धिको वातावरण सुनिश्चित : राष्ट्रसंघ

२०७० पुष १० गते २:४५

काठमाण्डु, १० पुस–संयुक्त राष्ट्रसंघले दलहरुबीच भएको पछिल्लो सहमतिले शान्ति र समृद्धिको वातावरण सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ । नेपालका राजनीतिक दलहरु सहमति र सहकार्यबाटै नयाँ संविधान निर्माण गर्न र शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न सक्षम हुने राष्ट्रसंघको विश्वास छ । मन्त्रिपरिषद अध्यक्ष...

अपहेलना मुद्दामा ५ हजार जरिवाना

२०७० पुष ९ गते १२:५५

काठमाण्डु, ९ पुस – सर्वोच्च अदालतले अपहेलना मुद्दामा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. सुधा शर्मालाई पाँच हजार जरिवाना गर्ने आदेश दिएको छ । न्यायाधीशद्वय रामकुमारप्रसाद साह र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले यसअघि २०६७ साल चैत १७ मा जारी गरेको आदेशको कार्यान्वयन नगरेको...

सजिवन खाँदा पाँच बालबालिका अचेत

२०७० पुष ९ गते १२:०८

कास्की, ९ पुस – कास्कीको आर्वाविजय गाविस–४ कसेरीमा खानेकुरा भन्दै सजिवनको दाना खाएका पाँच बालबालिका गम्भिर बिरामी परेका छन् । आफ्नै घर छेउमा खेल्दै गरेका बेला ती बालबालिकाले झुक्किएर सजिवनको दाना खाएका थिए । सजिवनको दाना खाएपछि तत्काल बिरामी परेका उनीहरूको हाल पश्चिमाञ्चल क्षेत्रीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us