
कास्की, ९ पुस – कास्कीको आर्वाविजय गाविस–४ कसेरीमा खानेकुरा भन्दै सजिवनको दाना खाएका पाँच बालबालिका गम्भिर बिरामी परेका छन् । आफ्नै घर छेउमा खेल्दै गरेका बेला ती बालबालिकाले झुक्किएर सजिवनको दाना खाएका थिए ।
सजिवनको दाना खाएपछि तत्काल बिरामी परेका उनीहरूको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
बिरामी पर्नेमा पाँच वर्षीय लक्ष्मण विक, नौ वर्षीया लक्ष्मी विक, १२ वर्षीय कृष्ण विक, सात वर्षीया संगीता विक र चार वर्षीया रेनी विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।