
काठमाण्डु, १० पुस–मोरङको सुन्दरपुर ६ मा गोली हानेर एकजनाको हत्या भएको छ । अज्ञात समूहले गोली हानेर स्थानीय ४५ बर्षीय मानबहादुर तामाङको हत्या गरेको हो ।
तीनवटा मोटरसाइकलमा ६ जनाको संख्यामा आएको समूहले गोली हानेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर घाइते भएका तामाङको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराती उपचारको क्रममा मृत्यु भएको थियो । हत्याको कारण नखुलेको र गोली हान्ने व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।