सुडानमा चार नेपाली शान्ति सेना घाइते

काठमाण्डु टुडे २०७० पुष १० गते ५:५० मा प्रकाशित

काठमाण्डु, १० पुस–शान्ति स्थापनाका लागि दक्षिणी सुडानमा खटिएको नेपाली सेनाका चार सैनिक त्यहाँस्थित विद्रोहीहरूको मोर्टार आक्रमणमा परी सामान्य घाइते भएका छन् ।

दक्षिणी सुडानको बोरस्थित नेपाली सेना तैनाथ युनिट परिसरमा विद्रोहीहरूले मङ्गलबार अपराह्न ४ देखि राति ८ बजेसम्म गरेको चारवटा मोर्टार आक्रमणमा परी उनीहरू घाइते भएको नेपाली सेनाले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

विद्रोहीले गरेको सो आक्रमणबाट नेपाली सेना तैनाथ युनिट परिसरमा रहेका तीनवटा ट्रक, बारुदी सुरुङ निस्तेज तुल्याउन प्रयाग गरिने एउटा सवारीसाधन, पानी प्रशोधन केन्द्र र भान्साघरमा पनि सामान्य क्षति पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us