विद्यालय बनाउन चार करोड सहयोग

काठमाण्डु टुडे २०७० पुष ११ गते २:१० मा प्रकाशित

विराटनगर, ११ पुस–मोरङको अमरदह–७ गान्धीआश्रमस्थित जनता माध्यमिक विद्यालयको भवन निर्माणका लागि नेपालस्थित भारतीय राजदूतावासले चार करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

सो विद्यालयको दुईतले १६ कोठे पक्की भवन निर्माणका लागि दूतावासले उक्त रकम उपलब्ध गराउन लागेको जिल्ला विकास समिति मोरङका इन्जिनियर विनोद ओझाले बताए ।

गान्धीआश्रम सेवा गुठीअन्तर्गत रहेको सो विद्यालयको थप भवन निर्माणका लागि रकम उपलब्ध गराउन अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको र एक हप्ताभित्र दूतावाससँग सम्झौता हुने उनले जानकारी दिए । जिविसको पहलमा राजदूतावासबाट विद्यालयका लागि सहयोग उपलब्ध हुन लागेको हो । विद्यालयमा हाल ९०० भन्दा बढी छात्रछात्रा अध्यनरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us