
काठमाण्डु, १० पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणद्वारा वितरित न्यून गुणस्तरको ट्रान्सफर्मर घोटाला प्रकरणमा नेपाली व्यापारीलाई पनि पक्राउ गरेको छ ।
आयोगले ट्रान्सफर्मर खरिद गर्दा अनियमितता एवं भ्रष्टाचार गरेको उजुरीको अनुसन्धानका सिलसिलामा श्रेवल्र्ड ट्रेडिङ हाउसका प्रोपाइटर सुधीर अन्जान श्रेष्ठलाई हिरासतमा लिएको हो ।
आयोगका प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार सङ्कलित प्रमाणका आधारमा निजलाई गएराति अबेर आयोगले हिरासत लिई थप अनुसन्धान गरिरहेको छ । रासस