काठमाण्डु, १८ जेठ – नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीको बैठकले व्यवस्थापिका–संसद्मा देखिएको अवरोध खोल्न सरकारका तर्फबाट अवलम्बन गर्नुपर्ने उपायको खोजी गर्ने र सम्बन्धित पक्षसँग वार्ता गर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट अधिवेशन सुरु भएलगत्तै एकीकृत नेकपा माओवादीलगायत विपक्षी दलले गरेको...
काठमाण्डु, १७ जेठ– प्रहरीले गृहमन्त्री बामदेव गौतमले ट्राफिक नियमविपरीत सडकको डिभाइडर नाघेको तस्वीरबारे सामाजिक सञ्जालमा टिप्पणी गर्ने एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले इलाका प्रशासन कार्यालय लहानका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहलाई गृहमन्त्रीबारे गम्भीर प्रकृतिको टिप्पणी गरेको आरोपमा शनिबार पक्राउ गरेको हो...
काठमाण्डु, १७ जेठ– एकीकृत माओवादीले नेताहरुको कार्याविभाजन गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको कार्याविभाजनको टुंगो लगाएको हो । बैठकमा महासचिव कृष्णबहादुर महराले कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश गरेका थिए । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई...
काठमाण्डु, ७ जेठ– सत्तारुढ भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालमा हिन्दू धर्मावलम्बीहरुलाई विभिन्न प्रलोभन देखाई जवरजस्ती धर्म परिवर्तन भइरहेको भन्दै तत्काल रोक्न माग गरेका छन् । रिपोर्टर्स क्लबमा शनिबार भएको साक्षात्कारमा उनले भने, ‘यहाँ धर्म परिवर्तन भइरहेको छ । यो अपराधिक कार्य हो,...
काठमाण्डु, १७ जेठ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आसन्न नवौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । काठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एक कार्यक्रमबीच उनले उम्मेदवारी घोषणा गरेका हुन् । सचिव युवराज ज्ञवालीले नेपाललाई आफूहरुका तर्फबाट भन्दै अध्यक्ष उम्मेदवार बन्न प्रस्ताव...
काठमाण्डु, १७ जेठ– एमाले सचिव शङ्कर पोखरेलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्षमा उठ्नु पार्टीको विधानसंवत् नहुने बताउका छन् । पार्टीको आसन्न नवौा महाधिवेशनका अवसरमा राजधानीमा शनिबार आयोजित अन्तक्र्रियामा उनले नेपालले दुई कार्यकाल नेतृत्व गरिसकेकाले पुन: अध्यक्षमा उठ्न विधानसंवत् नहुने धारणा राखे । पार्टी...
काठमाण्डु–१७ जेठ, सामुदायिक वन उपभोक्ता महासंघले नेपाली सेना परिचालन गरी चूरे क्षेत्रको वन संरक्षण गर्ने सरकारी तयारी प्रति आपत्ति जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघको पाँचऔं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा शनिवार काठमाण्डुमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अप्सरा चापागाईले जनसहभागितामा चूरेको संरक्षण गर्नुको साँटो सरकारले...
काठमाण्डु, १७ जेठ– संविधानसभाको आगामी असार ८ गते हुने उप निर्वाचनका लागि नेपाली काँग्रेस काठमाण्डु क्षेत्र नं २ ले आफ्नो चुनावी अभियान सुरु गरेको छ । निर्वाचनमा उम्मेदवारीका लागि काँग्रेसबाट दीपकप्रसाद कुइँकेलले उम्मेदवारी दर्ता गरेसँगै पार्टीले आफ्नो चुनावी अभियान अघि बढाएको हो । चुनावी...
कञ्चनपुर, १७ जेठ– बैंकबाट कीर्ते दस्तखत गरी रकम झिकेको आरोपमा पक्राउ परेकी एक युवतीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमै आत्महत्या प्रयास गरेकी छन् । भीमदत्तनगरपालिका–१८ की २० वर्षीया रुक्मणी विष्टले हिरासतमै आत्महत्या प्रयास गरेकी हुन् । उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कोठामा शुक्रबार...
काठमाण्डु, १७ जेठ– एमाले धौलागिरि अञ्चलस्तरीय भेलाले आसन्न नवौं महाधिवेशनबाट संसदीय दलका नेता केपी ओलीलाई पार्टी अध्यक्ष बनाउनुपर्नेृ निष्कर्ष निकालेको छ । उपाध्यक्ष विद्यादेवी भण्डारीको उपस्थितिमा शनिबार सम्पन्न भेलाले ओलीलाई सर्वसम्मतिका आधारमा अध्यक्ष बनाउनुपर्ने निष्कर्ष निकालेको हो । जनताको बहुदलीय जनवादको रक्षा, प्रयोग र...
सोलुखुम्बु, १७ जेठ– छोराको विवाहमा जन्ती गएका बेहुलाका बाबुको बेहुलीको घरमा पुग्नुभन्दा १० मिनेटअघि हृदयघातका कारण मृत्यु भएपछि विवाह नै रद्द गरिएको छ । पञ्चन–५ सोलुखुम्बुबाट शुक्रबार छोरा डोलराज कार्कीको विवाहको जन्ती लिएर पावै– ७ सोलुखुम्बुका भक्तबहादुर बस्नेतको घरमा जाादै गर्दा बेहुलाका बाबु अक्कलबहादुर...
चौतारा, १७ जेठ– अवैध रुपमा खासा लान लागेको अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई सीमा प्रहरी कार्यालय तातोपानीले पक्राउ गरेको छ । काठमाण्डुबाट चीनको खासातर्फ जाँदै गरेका हेङजेहङ नाम गरेका चिनियाँ नागरिकलाई १० हजार अमेरिकी डलरसहित नियन्त्रणमा लिएको सीमा प्रहरी कार्यालयका निरीक्षक मनोज लामाले बताए...