माधव नेपालले घोषणा गरे अध्यक्षमा उम्मेदवारी

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ११:२१ मा प्रकाशित

काठमाण्डु, १७ जेठ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आसन्न नवौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
madhav nepalकाठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एक कार्यक्रमबीच उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

सचिव युवराज ज्ञवालीले नेपाललाई आफूहरुका तर्फबाट भन्दै अध्यक्ष उम्मेदवार बन्न प्रस्ताव गरेपछि नेपालले उम्मेदवारी घोषणा गरेका थिए । उनले उम्मेदवारी घोषणा गर्दा कार्यक्रममा उपस्थित समर्थकले ताली बजाएर उम्मेदवारीप्रति ऐक्यबद्धता जनाएका थिए ।

उम्मेदवारी घोषणा गर्दै नेपालले पार्टीलाई गतिशिलता दिन आफूले उम्मेदवारी दिएको बताए ।  आफूले नेतृत्व पाए पार्टीभित्रको गुट भत्काउन र छरिएर रहेका कम्युनष्टि समूहलाई समेटेर एउटै कम्युनष्टि केन्द्र बनाउने दाबी गरे ।

कार्यक्रममा नेपाल पक्षका पदाधिकारीसहित केन्द्रीय सदस्यका सबै उम्मेदवार सार्वजनिक गर्ने भनिए पनि नेपालको मात्र उम्मेदवारी घोषणा भयो । कार्यक्रममा नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, अष्टलक्ष्मी शाक्यलगायतका नेताको उपस्थिति थियो ।

संसदीय दलका नेता केपी ओली समूहले अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा बामदेव गौतम र महासचिवमा ईश्वर पोखरेलको नाम घोषणा गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us