नेपालमा धर्म परिवर्तन भइरहेकामा भारतको आपत्ति

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ११:४९ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– सत्तारुढ भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालमा हिन्दू धर्मावलम्बीहरुलाई विभिन्न प्रलोभन देखाई जवरजस्ती धर्म bhagat_singh_Kosiyariपरिवर्तन भइरहेको भन्दै तत्काल रोक्न माग गरेका छन् ।
रिपोर्टर्स क्लबमा शनिबार भएको साक्षात्कारमा उनले भने, ‘यहाँ धर्म परिवर्तन भइरहेको छ । यो अपराधिक कार्य हो, यसलाई तत्काल रोक्नुपर्छ ।’ आफूले नेपालका शीर्ष नेताहरुसँगको भेटवार्तामा यो विषयमा गम्भीर ध्यानार्कषित गराएको उनले बताए ।

८० प्रतिशतभन्दा बढी हिन्दू बसोवास गर्ने मुलुक आफैंमा हिन्दू राष्ट्र हुने धारणा राख्दै कोसियारीले नेपाललाई हिन्दू राष्ट्र बनाउने वा नबनाउने भन्ने विषयमा आफूहरुको कुनै हस्तक्षेप नहुने समेत बताए ।
उनले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकृतिको रहेकाले नेपालमा हुने भारतीय सहयोग हस्तक्षेप नहुने बताए । अमेरिका र युरोपको सहयोगमा मात्र स्वार्थ हुने गरेको भन्दै उनले भने, ‘हाम्रो सहयोगमा उनीहरुको जस्तो स्वार्थ हुँदैन । हामी नेपाललाई भाईचाराको कारण सहयोग गर्छौं ।’

नेपालमा संविधान निर्माण गरेर आथिर्क समृद्धिको अभियानमा अघि बढ्नुपर्ने भन्दै उनले त्यसको लागि सहयोग गर्न तयार रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us