माधव नेपाल अध्यक्षमा उठ्नु विधानविपरीत: पोखरेल

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, १७ जेठ– एमाले सचिव शङ्कर पोखरेलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्षमा उठ्नु पार्टीको विधानसंवत् नहुने बताउका छन् ।

Shankar-pokhrel
पार्टीको आसन्न नवौा महाधिवेशनका अवसरमा राजधानीमा शनिबार आयोजित अन्तक्र्रियामा उनले नेपालले दुई कार्यकाल नेतृत्व गरिसकेकाले पुन: अध्यक्षमा उठ्न विधानसंवत् नहुने धारणा राखे ।

पार्टी केन्द्रीय कमिटी बैठकले नै तेस्रो नेता केपी ओली भनेर पहिले सहमति गरिसकेकाले दुई शीर्ष नेताले पार्टी अध्यक्षको दाबी गर्न नहुने उनको भनाइ थियो ।

वरिष्ठ नेता नेपाल र अध्यक्ष झलनाथ खनालले पार्टीमा अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहााले तेस्रो नेता ओलीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us