डलरसहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ७:३५ मा प्रकाशित

चौतारा, १७ जेठ– अवैध रुपमा खासा लान लागेको अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई सीमा प्रहरी कार्यालय तातोपानीले पक्राउ गरेको छ ।

काठमाण्डुबाट चीनको खासातर्फ जाँदै गरेका हेङजेहङ नाम गरेका चिनियाँ नागरिकलाई १० हजार अमेरिकी डलरसहित नियन्त्रणमा लिएको सीमा प्रहरी कार्यालयका निरीक्षक मनोज लामाले बताए ।

चिनियाँ नागरिकलाई अमेरिकी डलरसहित आन्तरिक राजस्व विभागमा बुझाइएको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us