एमाले धौलागिरि भेला: अबको अध्यक्ष ओली

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ७:४८ मा प्रकाशित

काठमाण्डु, १७ जेठ– एमाले धौलागिरि अञ्चलस्तरीय भेलाले आसन्न नवौं महाधिवेशनबाट संसदीय दलका नेता केपी ओलीलाई पार्टी अध्यक्ष बनाउनुपर्नेृ निष्कर्ष निकालेको kp-oli_20110601090027छ ।
उपाध्यक्ष विद्यादेवी भण्डारीको उपस्थितिमा शनिबार सम्पन्न भेलाले ओलीलाई सर्वसम्मतिका आधारमा अध्यक्ष बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

जनताको बहुदलीय जनवादको रक्षा, प्रयोग र विकास तथा समृद्ध स्वाधीन र समतामूलक नेपाल निर्माणका लागि ओलीको नेतृत्व आवश्यक रहेको निर्णय भेलाले गरेको छ ।

भेला समापनमा बोल्दै उपाध्यक्ष भण्डारीले पार्टी नीतिअनुसारको नेतृत्वका लागि देशव्यापी रुपमा अब नेता ओलीको नेतृत्व आवश्यक भएको आवाज उठेको दाबी गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us