समाचार

राप्ती नदीमा डुबेर श्रीमानको मृत्यु, श्रीमती घाइते

२०७१ जेठ १८ गते १३:४४

दाङ, १८ जेठ –राप्ती नदीमा आएको बाढीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ देउखुरीको बेला–५ चापाघाटस्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर बेला–४ २२ वर्षीय अजय शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नदीमा डुबेका मृतककी श्रीमती? २२ वर्षीया अञ्जली...

आर्थिक अपराधले सीमा ननाघोस्: विपक्षी सभासद

२०७१ जेठ १८ गते १३:१९

काठमाण्डु, १८ जेठ – व्यवस्थापिका–संसदको आइतबारको बैठकमा अधिकांश सदस्यहरूले उठेर विरोध जनाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले प्रमुख विपक्षीलगायत दललाई बोल्न समय दिए । एकीकृत माओवादी सभासद जर्नादन शर्माले स्थानीय विकास मन्त्रालयमा निवेदन लिएर तोक आदेशको भरमा करोडाँै बजेट बिनायोजन वितरण गरिएकाले त्यसलाई तुरुन्त रोक्नुपर्ने बताए...

एक महिलाले संन्यासीलाई बाबु दाबी गरेपछि डिएनए परीक्षण गर्न सुझाव

२०७१ जेठ १८ गते १३:००

सुर्खेत, १८ जेठ – जिल्ला प्रशासन कार्यालय सुर्खेतमा नागरिकता बनाउन आएका एक साधुलाई एक ‘अपरिचित’ महिलाले आफ्नो बाबु दाबी गरेपछि जिल्ला प्रशासन कार्यालय अलमलमा परेको छ । त्रिचालीस वर्षअघि घर छोडेर भारत लागेको बताउने सालकोट चमेरी खेतका नरबहादुर कामीलाई सोही गाविस–६ की सरस्वती भट्टराईले...

विभिन्न घटनामा ५ को मृत्यु

२०७१ जेठ १८ गते १२:०७

तनहुँ , १८ जेठ– बन्दीपुर–१ स्थित डुम्रे बन्दीपुर सडक खण्डमा आज ०६ः०० बजे ग.१ त १९४९ नम्वरको ट्याक्टर अनियन्त्रीत भएर सडकबाट अंदाजी ८० मिटर तल खसेर दुर्घटना हुँदा चालक बन्दीपुर–३ बस्ने ३२ बर्षीय शंकर नेपाली र २० बर्षीय मनोज नेपालीको घटनास्थलमै मृत्यु भएको छ...

विपक्षी दलहरुले संसद चल्न दिएनन्

२०७१ जेठ १८ गते ११:१५

काठमाण्डु, १८ जेठ– एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलहरुले व्यवस्थापिका संसदको बैठक आज पनि चल्न दिएनन् । चारबुँदे सहमति कार्यान्वयनको माग गर्दै विपक्षी दलहरुले दोस्रो पटक संसद अवरुद्ध पारेका हुन् । यसअघि शुक्रबार वजेट अधिवेशनको पहिलो दिन पनि विपक्षीहरुले संसद अवरुद्ध पारेका थिए । बैठक सुरु...

राणा र पराजुली उपाध्यक्षमा मनोनीत

२०७१ जेठ १८ गते ९:४६

काठमाण्डु, १८ जेठ– राप्रपा नेपालले राजिव पराजुली र धवलशम्शेर राणालाई पार्टीको उपाध्यक्षमा मनोनयन गरेको छ । अध्यक्ष कमल थापाले विधान अनुसार चन्द्रबहादुर गुरुङलाई महामन्त्री मनोनयन गरेको उनका प्रेस सल्लाहकार एवं केन्द्रीय सदस्य मोहन श्रेष्ठले काठमाण्डु टुडेलाई जानकारी दिए । पराजुली, राणा र थापा हालै भएको...

नौ केजी विस्फोटक पदार्थ फेला

२०७१ जेठ १८ गते ९:१५

जाजरकोट, १८ जेठ – दह गाविस–१ निपाने जङ्गलमा नौ केजी विस्फोटक पदार्थ प्रहरीले फेला पारेको छ । आइतबार बिहान १० बजे फेला परेको सो पदार्थ प्रहरीले नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । रासस...

सबै पक्षलाई समेटेर स्रविधान बनाउनु पर्छ –गच्छदार

२०७१ जेठ १८ गते ९:१३

पर्सा, १८ जेठ – मधेसी जनाधिकार फोरम नेपाल अध्यक्ष विजयकुमार गच्छदारले दुई तिहाईका आधारमा निर्माण गरिएको संविधानले मुलुकलाई अर्को द्वन्द्वमा फसाउने जिकिर गरेका छन् । सबै पक्षलाई समेटेर लान सकेमा मात्र निकास निस्कनेमा उनले जोड दिए । मधेसी पत्रकार समाज पर्साले आइतबार वीरगन्जमा आयोजना...

अख्तियारद्धारा पूर्वाञ्चल विश्वविद्यालयका ७ उच्च पदाधिकारीविरुद्ध मुद्धा दायर

२०७१ जेठ १८ गते ८:५८

काठमाण्डु, १८ जेठ–  अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्धारा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा महेश्वरमान श्रेष्ठसहित ७ उच्च पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उपकुलपति श्रेष्ठसँगै रजिष्ट्रार डा निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, कला, शिक्षा र कानून संकायका डिन शम्भु प्रसाद कोइराला, विज्ञान...

रकमान्तर अपारदर्शी भयो – राप्रपा नेपाल

२०७१ जेठ १८ गते ८:२९

काठमाण्डु, १८ जेठ – राप्रपा नेपालले दोस्रो दिन पनि व्यवस्थापिका संसद अवरुद्ध गर्ने निर्णय गरेको छ । राप्रपा नेपालको संसदीय दलको बैठकले आर्थिक वर्षको अन्त्यमा चार अर्बबढी रकम सत्तारुढदलले आफ्ना नेता तथा कार्यकर्तालाई एकतर्फी बाँडेको भन्दै सदन अवरुद्ध गर्ने निर्णय गरेको हो । यसअघि...

वेलायती मन्त्री काठमाण्डुमा,नेपालका पूर्व मन्त्री लण्डनमा

२०७१ जेठ १८ गते ८:१५

काठमाण्डु, १८ जेठ–नेकपा–माओवादीका सचिव तथा पूर्वमन्त्री देव गुरुङ वेलायत प्रस्थान गरेका छन । वेलायती मन्त्री ह्युगो स्वायर काठमाण्डु आउने अघिल्लो दिन आइतवार गुरुङ लण्डन प्रस्थान गरेका हुन । माओवादीको अन्तराष्ट्रिय बिभागका अनुसार नेपाली समाज यूकेको साधारण सभाको प्रमुख अतिथिको रुपमा भाग लिन गुरुङ लण्डन...

प्रेस युनियन काठमाण्डु अध्यक्षमा अर्याल (मतपरिणामसहित)

२०७१ जेठ १८ गते ७:४१

काठमाण्डु, १८ जेठ – पत्रकारको संस्था नेपाल प्रेस युनियन, काठमाडौँ शाखाको कार्यसमितिका लागि आइतबार भएको निर्वाचनमा अध्यक्षमा १०६ मत ल्याई नकुल अर्याल विजयी भएका छन् । अर्यालका निकटतम प्रतिद्वन्द्वी सङ्गम बानियाँले १०३ र अर्का उम्मेदवार जीवन भण्डारीले ९६ मत प्राप्त गरेका थिए । त्यसैगरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us