राप्ती नदीमा डुबेर श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १३:४४ मा प्रकाशित

दाङ, १८ जेठ –राप्ती नदीमा आएको बाढीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

दाङ देउखुरीको बेला–५ चापाघाटस्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर बेला–४ २२ वर्षीय अजय शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
नदीमा डुबेका मृतककी श्रीमती? २२ वर्षीया अञ्जली र अर्का १६ वर्षीय किशोर सौरभ ठकुरीको लमहीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भएरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us