विपक्षी दलहरुले संसद चल्न दिएनन्

काठमाण्डु टुडे २०७१ जेठ १८ गते ११:१५ मा प्रकाशित

काठमाण्डु, १८ जेठ– एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलहरुले व्यवस्थापिका संसदको बैठक आज पनि चल्न दिएनन् ।

चारबुँदे सहमति कार्यान्वयनको माग गर्दै विपक्षी दलहरुले दोस्रो पटक संसद अवरुद्ध पारेका हुन् । यसअघि शुक्रबार वजेट अधिवेशनको पहिलो दिन पनि विपक्षीहरुले संसद अवरुद्ध पारेका थिए । बैठक सुरु हुनूअघि एमाले, काँग्रेस र एमाओवादीबिच छलफल भएको थियो ।

आइतबारको बैठक सुरु हुनासाथ एमाओवादीसहितका विपक्षी दलका सभासदहरुले उठेर विरोध गरेका थिए । सभामुखले एमाओवादी, राप्रपा नेपाल र फोरम नेपालका सभासदलाई बोल्न समय दिए ।

लगत्तै अर्थमन्त्री रामशरण महतले पूर्व – बजेट छलफलको कार्यसूची पेश गर्न लागेपछि विपक्षीहरु फेरि उठेर विरोध गरे । आर्थिक बर्षको अन्त्यमा जथाभावी रकमान्तर गरेकोमा विपक्षी दलहरुको असहमती रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us