अख्तियारद्धारा पूर्वाञ्चल विश्वविद्यालयका ७ उच्च पदाधिकारीविरुद्ध मुद्धा दायर

काठमाण्डु टुडे २०७१ जेठ १८ गते ८:५८ मा प्रकाशित

काठमाण्डु, १८ जेठ–  अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्धारा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा महेश्वरमान श्रेष्ठसहित ७ उच्च पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उपकुलपति श्रेष्ठसँगै रजिष्ट्रार डा निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, कला, शिक्षा र कानून संकायका डिन शम्भु प्रसाद कोइराला, विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल र विज्ञान तथा प्रविधि संकायका सह डिन राजेश कुमार झाविरुद्ध मुद्दा दायर गरेको हो । मुद्धा दायर गरिएका सबैलाई गत हप्ता आयाृगले पक्रीएको थियो ।

विश्वविद्यालयका पदाधिकारीहरुले शैक्षिक सत्र २०७०र०७१ मा आवेदन शुल्क, सम्बन्धन शुल्क तथा कार्यक्रम थप वापत लिनुपर्ने रकम नउठाई नलिई वदनियत पूर्वक हानि नोक्सानी पुर्‍याएको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले अभियोग पत्रमा ४ करोड २८ लाख ७० हजार ७३९ बिगो कायम गरी कानुन बमोजिम हदै सम्मको सजाय माग गरेको छ । साथै उपकुलपतिदेखि डिन सम्मका विशिष्ट श्रेणीका पदाधिकारीहरुको हकमा ऐनको दफा २४ अनुसार थप सजाय समेत मागदावी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us