विभिन्न घटनामा ५ को मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १२:०७ मा प्रकाशित

तनहुँ , १८ जेठ– बन्दीपुर–१ स्थित डुम्रे बन्दीपुर सडक खण्डमा आज ०६ः०० बजे ग.१ त १९४९ नम्वरको ट्याक्टर अनियन्त्रीत भएर सडकबाट अंदाजी ८० मिटर तल खसेर दुर्घटना हुँदा चालक बन्दीपुर–३ बस्ने ३२ बर्षीय शंकर नेपाली र २० बर्षीय मनोज नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

चितवन – दारेचोक–९ स्थित पृथ्वी राजमार्गमा जेठ १७ गते १९ः३० बजे ना.५ ख ५९९ नम्वरको बसले बा.२५ प ४६८९ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक काठमाडौँ बालाजु बस्ने २६ बर्षीय किरण श्रेष्ठ गम्भीर घाइते भएकोले उपचारको लागि भरतपुर अस्पतालतर्फ लैजादा लैजादै बाटैमा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा – फुलकाकट्टी–६ स्थित भित्री सडक खण्डमा जेठ १७ गते १८ः०० बजे स.४ प ९६११ नम्वरको मोटरसाइकलले पैदल यात्री ४५ बर्षीया रामवती चौधरीलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि घोपा अस्पताल धरान लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चट्याङले लागेर मृत्यु

ओखलढुंगा श्रीचौर–९ छतर्के बस्ने १८ बर्षीया कापुटी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । जेठ १७ गते १५ः०० बजे गोठबाट घर फर्कने क्रममा अचानक परेको चट्याङले लागेर बेहोस भएकी उनलाई उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
झुण्डिएर मृत्यु

सर्लाही हरिवन नगरपालिका–९ स्थित सर्भिसफर पिस अनाथालयमा बस्ने १२ बर्षीय विकास तामाङको झुण्डिएर मृत्यु भएको छ ।
उनलाई जेठ १७ गते १८ः०० बजे अनाथालयमा रहेको दुईतले खाटको डण्डीमा आपैmले लगाएको टाईको पासो लगाई झुण्डिएको अवस्थामा अनाथालयका भोलेन्टियर स्टाफले फेला पारी पासो काटेर उपचारको लागि हरिवन अस्पताल लैजादा लैजादै बाटैमा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us