
काठमाण्डु, १८ जेठ– राप्रपा नेपालले राजिव पराजुली र धवलशम्शेर राणालाई पार्टीको उपाध्यक्षमा मनोनयन गरेको छ ।
अध्यक्ष कमल थापाले विधान अनुसार चन्द्रबहादुर गुरुङलाई महामन्त्री मनोनयन गरेको उनका प्रेस सल्लाहकार एवं केन्द्रीय सदस्य मोहन श्रेष्ठले काठमाण्डु टुडेलाई जानकारी दिए ।
पराजुली, राणा र थापा हालै भएको पार्टीेको महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
थापाले शाहीकालका मन्त्री टंक ढकाल र राज्यमन्त्री निरन्जन थापालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
महाधिवेशनमा ढकाल र थापाले उम्मेदवारी दिएका थिएनन् । पार्टीको विधान अनुसार पदाधिकारीसहित ६३ केन्द्रीय सदस्य मनोनित रहनेछन् ।