काठमाण्डु, १९ असार – एमाले नवौं महाधिवेशन उद्घाटन समारोहमा संवोधन गरेर फर्कने क्रममा भारतीय जनता पार्टीका नेता विजय जोलीमाथि बोतल प्रहार भएको छ । समारोह स्थलबाट बाहिर निस्कन लाग्दा समारोहमा भाग लिन नपाएको झोकमा आक्रोशित समुहले जोलीलगायतका नेतालाई आक्रमण गरेका हुन् । आक्रमणबाट उनलाई...
काठमाण्डु, १९ असार – एकीकृत नेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले वामपन्थीबीच पार्टी एकता गर्न ढिला भइसकेको बताएका छन् । एमाले नवौं महाधिवेशन उद्घाटन समारोहलाई संवोधन गर्दै प्रकाशले वामपन्थी पार्टीबीच सके एकता, नसके कार्यगत एकता गर्नुपर्नेमा जोड दिएका हुन् । आफूलाई असली वामपन्थी भनेर...
काठमाण्डु, १९ असार– नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले ६० प्रतिशत कम्युनिष्ट बाहुल्यता रहेको देशमा वामपन्थीहरु पार्टी फुटाउन माहिर रहेको बताएका छन् । एमाले नवौ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै वामपन्थीहरु फुटको सिकार भएको स्वीकारेका हुन् । पार्टी प्रतिनिधीको रुपमा समारोहमा संवोधन गर्दै एमाले जुन मार्गदर्शक सिद्धान्त...
जनकपुरधाम, १९ असार – परम्परागत रुपमा प्रत्येक वर्ष आषाढ द्वितीया तिथिमा सुरु हुने बेहुला खरिद बिक्री हुने सौराठ सभा सीमावर्ती विहारको मिथिलाञ्चलमा सुरु भएको छ । खासगरी ब्राह्मण समाजमा विवाहका लागि हुने अद्भूत र रोमाञ्चकारी यस प्रथा सीमावर्ती मिथिलाञ्चलअन्तर्गत भारत मधुवनीको सौराठ गाउँमा देख्न...
काठमाण्डु, १९ असार– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभामा रहेर र बाहिर रहेका दललाई संविधान निर्माणको प्रक्रृयामा सहमतिमा ल्याउन सक्ने गरी एमालेको महाधिवेशन सम्पन्न होस् भन्ने कामना गरेका छन् । एमाले नवौं महाधिवशेनको सफलताको कामना गर्दै उनले आफ्ना सभासद्लाई संविधान निर्माणका काममा महत्वपूर्ण भूमिका निर्वाह...
काठमाण्डु, १९ असार–संसद् विकास कोषको रकम बढाएर पाँच करोड पुर्याउनुपर्ने सभासद्हरूको मागप्रति सरकार सकारात्मक देखिएको छ । काँग्रेस केन्द्रीय समिति र संसदीय दलको बिहीबारको संयुक्त बैठकमा सभासद्हरूले कोषको रकम १० लाखबाट बढाएर पाँच करोड पुर्याउनुपर्ने माग राखेकामा त्यसप्रति सरकार सकारात्मक भएको हो । आर्थिक...
नुवाकोट, १९ असार– प्रधानसेनापति गौरवशम्शेर राणाले रसुवाको धुन्चेदेखि नुवाकोटको विदुरसम्म साइकलयात्रा गरेका छन् । पर्यटन प्रवद्र्धन र वातावरण सुधारका लागि साइकल यात्राको सन्देश दिन प्रधानसेनापतिले उक्त यात्रा गरेका हुन् । साइकलयात्रामा निस्कने क्रममा प्रधानसेनापतिले धुन्चेमा रहेको नारायण दल गण तथा राम्चे र कालिकास्थानमा रहेको...
दार्चुला, १९ असार– दार्चुला सदरमुकाम खलङ्गाको बाङ्गबगड क्षेत्रमा निर्माण गरिएको कच्ची तटबन्ध महाकाली नदीले बगाएपछि सो क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । तटबन्ध बगाएपछि स्थानीय आनसिंह महर, वीरबहादुर कुँवर र रामसिंह कार्कीको घर उच्च जोखिममा परेको छ । नदीले तटबन्ध बगाएर कटान सुरु...
झापा, १९ असार – जिल्ला कारागार चन्द्रगढीमा रहेका दुई दर्जनभन्दा बढी कैदीबन्दी धरौटी रकम बुझाउन नसकेर पुर्पक्षका लागि कारागारमा बस्न बाध्य भएका छन् । विभिन्न सार्वजनिक अपराध मुद्दाअन्तर्गत जिल्ला प्रशासन कार्यालय झापाले रिहाइका लागि धरौटी रकम तोके पनि रकम तिर्न नसक्दा कैन्दीबन्दी कारागारमा बस्न...
महोत्तरी, १९ असार– महोत्तरीको बर्दिबासमा आफ्नै छिमेककी एक किरोशी बलात्कार गरी फरार भएका युवकलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास गाविस–५ का ३२ वर्षीय दिनेश सोनार रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । दिनेश २०६८ जेठ ५ मा छिमेकी...
चितवन, १९ असार– चितवनमा वर्षात सुरु भएसँगै डेङ्गुको सङ्क्रमण पनि बढेको छ । गत वैशाखमा दुईजनामा देखिएको डेङ्गुको सङ्क्रमण जेठमा १४ जनामा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अस्पतालका कीट नियन्त्रक निरीक्षक राम केसीले जानकारी दिए । असारमा पनि सङ्क्रमण देखिएको तर...
काठमाण्डु, १९ असार– मुलुकको दोश्रो ठूलो दल नेकपा एमालेको नवौं महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । १ बजे उद्घाटन भनिएपनि एक घण्टा ढिला गरी सुरु भएको हो । एमाले अध्यक्ष झलनाथ खनालले पानसमा बत्ती बालेर औपचारीक रुपमा महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशनको उदघाटन शत्रमा विभिन्न...