काठमाण्डु, २० असार– एमाले वरिष्ठ नेता एव्म अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल पक्षले नवौँ महाधिवेशन उद्घाटनस्थलमा बिहीबार अभद्र व्यवहार हुनुमा फितलो व्यवस्थापन जिम्मेवार रहेको आरोप लगाएको छ । नेपाल समूहले सचिवालयले विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोहको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई समाचार संकलनका लागि...
काठमाण्डु, २० असार– भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले एमाले महाधिवेशनमा आफूमाथि भएको दुव्र्यवहार सामान्य भएको बताएका छन् । रिापेर्टर्स क्लबले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले सानो ठाउँमा ठूलो कार्यक्रम भएकाले कार्यक्रम स्थल प्रवेश गर्न नपाएका एमाले कार्यकर्ताले आक्रोश पोखेको भन्दै त्यसलाई...
काठमाण्डु, २० असार– नेकपा एमालेले आफ्नो पार्टीको घोषणापत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने लेखे पनि नवौं राष्ट्रिय महाधिवेशनमा महिला प्रतिनिधि पुग्न सकेका छैनन् । एमालेमा लगभग दुई लाख ६५ हजार पार्टी सङ्गठित कार्यकर्ता छन् । नवौं महाधिवेशनमा दुई हजार १८२ प्रतिनिधि छन् ।...
काठमाण्डु, २० असार– अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग हुन सक्ने आशंका व्यक्त गर्दै आएका छन् । उनले प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका जानुअघि महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग हुन सक्ने भन्दै सचेत पनि गराएका थिए ।...
काठमाण्डु, २० असार–तामझामका साथ बिहीबार महाधिवेशन उदघाटन गरेको नेकपा एमालेमा मनोनित गर्ने प्रतिनिधिको विषयलाई लिएरु चर्को विवाद भएको छ । बन्द शत्रको पूर्वसन्ध्यामा प्रतिनिधि विवाद चर्किएपछि विवाद मिलाउने प्रयासमा स्थायी कमिटी बैठक बसेको छ । करिब २ हजार ३ सयभन्दा बढी प्रतिनिधिको टुंगो यसअघि...
काठमाण्डु, २० असार– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको केन्द्रीय समिति बैठक तेश्रो दिन आज पनि बस्दैछ । बैठकमा आज पनि सदस्यहरुले अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको छुट्टाछुट्टै राजनीतिक प्रस्तावमा सदस्यहरुले धारणा राख्नेछन् । अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशासहितको प्रस्ताव प्रस्तुत गरेपछि...
बाँके, २० असार– जिल्लाको पिप्रहवा स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्रको अभावमा ६१ प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेको पाइएको छ । नेपाल सरकारले प्रत्येक गाविसअन्तर्गत प्रसूति सेवा केन्द्र स्थापना गर्ने लक्ष्य लिए पनि बाँकेका १५ स्वास्थ्य केन्द्रमा यो सेवा सञ्चालन नभएपछि महिलालाई समस्या भएको...
भक्तपुर, १९ असार– आफ्नै सौतेनी आमाको हत्या गर्न १५ लाख खर्च गरेर अपहरण गर्न लगाउने छोरीसहित घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । महानगरीय प्रहरी वृत्त थिमीको टोलीले घटनामा संलग्न छ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरी...
तनहुँ, १९ असार– पृथ्वीराजमार्गअन्तर्गत दमौली खैरेनीटार सडकखण्डमा पर्ने मनपाङ गाविस–१ अकला मन्दिर नजिक आज अपराह्न माइक्रोबसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउादै गरेको लु १ ख ६७३० नंको ट्रकले विपरीत दिशाबाट जाादै...
काठमाण्डु, १९ असार– नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन बिहिबारबाट राजधानीमा सुरु भएको छ । काठमाण्डुको भृकुटी मण्डपमा आयोजित विशेष समारोहमा अध्यक्ष झलनाथ खनालले रोबोटको मद्धतले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक उदघाटन गरे । सम्मेलन स्थलमा झडप र आक्रमण–प्रत्याक्रमणका घटना भए पनि कार्यक्रममा अध्यक्ष झलनाथ...
काठमाण्डु, १९ असार – एमाले नवौं महाधिवेशन उद्घाटन समारोहमा कार्यकर्तालाई पस्न नदिएपछि कार्यकर्ता तोडफोडमा उत्रिएका छन् । कार्यकर्तामाथि प्रहरी बल प्रयोग गरेपछि गृहमन्त्री वामदेव गौतमविरुद्ध वामे चोर देश छोड भन्दै नारावाजी गरेका छन् भने कतिपयले महाधिवेशन मूूल व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेल र बिष्णु...
काठमाण्डु, १९ असार – नेपाली काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले मध्यमार्गी धारको नेतृत्व एमालेले गर्ने बताएका छन् । एमाले नवौं महाधिवेशन उद्घाटन समारोहलाई संवोधन गर्दै पौडेलले अहिले पनि उग्रपन्थको संभावना रहेकाले एमालेले मध्यमार्गी धारको नेतृत्व गर्नुपर्ने बताएका हुन् । उनले काँग्रेस र एमालेमा प्रतिष्पर्धा...