माइक्रो र ट्रक ठोक्किँदा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ असार १९ गते १६:२५ मा प्रकाशित

तनहुँ, १९ असार– पृथ्वीराजमार्गअन्तर्गत दमौली खैरेनीटार सडकखण्डमा पर्ने मनपाङ गाविस–१ अकला मन्दिर नजिक आज अपराह्न माइक्रोबसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ आउादै गरेको लु १ ख ६७३० नंको ट्रकले  विपरीत दिशाबाट जाादै गरेको वा ३ ख ४२ नम्बरको माइक्रोलाई ठक्कर दिादा भएको दुर्घटनामा परी दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ का २३ महिनाका सत्यम श्रेष्ठ र माइक्रो चालक पनौती घर भएका ४३ वर्षीय  धनसिं ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुाका प्रहरी निरीक्षक रेशमबहादु्र श्रेष्ठले जानकारी दिए ।

ती मध्ये बालकको घटनास्थलमै र चालक ठकुरीको उपचारका क्रममा पोखरास्थित गण्डकी अस्पतालमा मृत्यु भएको हो ।    दुर्घटनामा परी घाइते भएकामध्ये दमौलीस्थित रत्नहरि अस्पतालमा सात र पोखरामा चारजनाको उपचार भइरहेको छ । माइक्रोबसमा  १५ यात्रु सवार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us