मध्यमार्गी धार आजको आवश्यकता : पौडेल

काठमाण्डु टुडे २०७१ असार १९ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, १९ असार – नेपाली काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले मध्यमार्गी धारको नेतृत्व एमालेले गर्ने बताएका छन् ।

Ramchandra-Paudelएमाले नवौं महाधिवेशन उद्घाटन समारोहलाई संवोधन गर्दै पौडेलले अहिले पनि उग्रपन्थको संभावना रहेकाले एमालेले मध्यमार्गी धारको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।

उनले काँग्रेस र एमालेमा प्रतिष्पर्धा रहेको तर विकास र निकासका लागि दुई पार्टीबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

उनले दलहरुबीच वैचारिक द्वन्द्व गर्ने बेला सकिएको र यसलाई बढाउदै लाने हो भने मुलुक द्वन्द्वमा फस्ने शंका व्यक्त गरेका छन् ।

सबैको सोच, ध्यान र प्रयत्न राज्यको सामान्ती चरित्रलाई रुपान्तरण गरेर नयाँ संविधान निर्माणमा जुट्नुपर्नेमा उनले जोड दिए ।

साथै आ –आफ्नो राजनीतिक आग्रहलाई अन्त्य गर्दै संघीयतालाई अतिरञ्जित नगर्न पनि उनले आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us