बामदेवले प्रहरी लगाएर एमाले कार्यकर्ता कुटे: नेपाल

काठमाण्डु टुडे २०७१ असार २० गते ५:२९ मा प्रकाशित

काठमाण्डु, २० असार– एमाले वरिष्ठ नेता एव्म अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल पक्षले नवौँ महाधिवेशन उद्घाटनस्थलमा बिहीबार अभद्र व्यवहार हुनुमा फितलो madhav nepal 2व्यवस्थापन जिम्मेवार रहेको आरोप लगाएको छ ।
नेपाल समूहले सचिवालयले विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोहको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई समाचार संकलनका लागि पासको सहज व्यवस्था नगरिएका कारण पत्रकारहरु फर्कनु परेको, उद्घाटन सत्र हेर्न पुगेका कार्यकर्तालाई सत्ताको दुरुपयोग गरेर पार्टी उपाध्यक्ष एवम् गृहमन्त्री वामदेव गौतमले प्रहरी लगाएर कुटपिट गरेको आरोप लगाएको छ ।

‘महाधिवेशन बिथोल्नका लागि अनेक प्रयत्न भएका छन् र कार्यकर्ता भड्काउने, लखेट्ने र कुटपिट गर्ने कार्य यसैको सुरुवात हो कि भन्ने संकेतले अरु चिन्ता बढाएको छ’, विज्ञप्तिमा भनिएको छ ।
केपी ओली समूहले बदनाम गर्ने उद्देश्यले घटनामा आफ्नो पक्षको संलग्नता रहेको आरोप लगाएको भन्दै विज्ञप्तिमा महाधिवेशनस्थलको मूल जिम्मा लिएका ओली पक्षधर जिफन्ट अध्यक्ष विष्णु रिमालको गैरजिम्मेवारी र लाचारीपनका कारण घटना हुनु पुगेको उल्लेख छ ।
महाधिवेशन स्थलमा उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलविरुद्ध लागेको नाराबाजीमा आफूहरुको संलग्नता नरहेको दाबी नेपाल समूहको छ ।

‘महाधिवेशनलाई सौहार्द वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व हो तर अनेक बहाना बनाएर र नेपाल समूहलाई लाञ्छना लगाएर केपी शर्मा ओली समूहले सत्ताको दुरुपयोग गर्नुहुन्नथ्यो र कार्यकर्तालाई प्रभावित पार्ने कामले नकारात्मक नतिजा पनि आउँछ भन्नेबारे सचेत हुनुपथ्र्यो’, विज्ञप्तिमा छ ।
नेपाल समूहले घटनामा घाइते भएका कार्यकर्ताको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पार्टीमा भित्रँदै गएको अराजक प्रवृतिविरुद्ध डटेर सामना गर्न  कार्यकर्ता र महाधिवेशन प्रतिनिधिमा अपिल गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us