एमाले कार्यकर्ताको आक्रमणबाट दु:खी छैन: भाजपा नेता

काठमाण्डु टुडे २०७१ असार २० गते ५:१५ मा प्रकाशित

काठमाण्डु, २० असार– भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले एमाले महाधिवेशनमा आफूमाथि भएको दुव्र्यवहार सामान्य भएको बताएका छन् ।

joli
रिापेर्टर्स क्लबले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले सानो ठाउँमा ठूलो कार्यक्रम भएकाले कार्यक्रम स्थल प्रवेश गर्न नपाएका एमाले कार्यकर्ताले आक्रोश पोखेको भन्दै त्यसलाई सामान्य रुपमा लिएको बताएका हुन् ।

राजधानीको भृकुटी मण्डपमा एमाले महाविधेशन उदघाटन शत्रमा शुभकामना दिएर फर्कने क्रममा एमाले कार्यकर्ताले जोलीमाथि पानीको बोत्तल प्रहार गरेका थिए । ‘सानो ठाउँमा ठूलो पार्टीको ऐतिहासिक महाधिवेशन भएकाले प्रत्यक्ष सहभागी हुन नपाएका कार्यकर्ताहरुमा आक्रोश थियो’, जोलीले भने, ‘म ममाथिको आक्रमण नियोजित होइन, आकस्मिक रुपमा लागेको मात्रै हो ।’

उनले आफू घटनाबाट दु:खी नभएको र खुसीसाथ भारत फर्कंदै गरेको बताए । उक्त घटनाबारे एमाले शीर्ष नेताहरुले घटनाबारे दु:ख व्यक्त गर्दै आफूसँग माफी मागेको जानकारी पनि उनले दिए ।

अर्को एक फरक प्रसंगमा उनले नेपालमा बहुसंख्यक जनता हिन्दू धर्मावलम्बी भएकाले नेपाल हिन्दू राष्ट्र होस भन्ने कामनाबाहेक आफूहरुले केही नगरेको बताए । नेपाली जनताले गर्ने निर्णय आफूहरुलाई स्वीकार्य हुने स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us