काठमाण्डु, १९ असार – एमाले नवौं महाधिवेशन उद्घाटन समारोहमा कार्यकर्तालाई पस्न नदिएपछि कार्यकर्ता तोडफोडमा उत्रिएका छन् ।
कार्यकर्तामाथि प्रहरी बल प्रयोग गरेपछि गृहमन्त्री वामदेव गौतमविरुद्ध वामे चोर देश छोड भन्दै नारावाजी गरेका छन् भने कतिपयले महाधिवेशन मूूल व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेल र बिष्णु पौडेल विरुद्ध पनि नाराबाजी गरेका छन् ।
नेतृत्वले पार्टीको महाधिवेशनलाई कोठाभित्र आयोजना गरेकोमा कार्यकर्ताको आक्रोश थामि नसक्नु देखिएको छ ।
राष्ट्रिय सभागृहभित्र बसेर प्रोजेक्टरमा हेर्न सकिने भने पनि अधिकांश कार्यकर्ता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । बाहिरको परिस्थितिबारे भित्र रहेका नेताहरु भने बेखबर जस्तै देखिएका छन् ।