वैद्य र चन्दको प्रस्तावमा आज पनि छलफल

काठमाण्डु टुडे २०७१ असार २० गते २:४८ मा प्रकाशित

काठमाण्डु, २० असार– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको केन्द्रीय समिति बैठक तेश्रो दिन आज पनि बस्दैछ ।

mohan baidhya-netra bikram chandबैठकमा आज पनि सदस्यहरुले अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको छुट्टाछुट्टै राजनीतिक प्रस्तावमा सदस्यहरुले धारणा राख्नेछन् ।

अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशासहितको प्रस्ताव प्रस्तुत गरेपछि त्यसमा असहमति जनाउँदै चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’ को कार्यदिशा अघि सारेका छन् ।

आफ्नो फरक प्रस्तावमा उनले पार्टी कमिटीलाई क्रमश: भूमिगत बनाउँदै जनयुद्धको तयारीमा लाग्नुपर्ने उल्लेख गरेका छन् । यसअघि हिजोको बैठकमा बोल्ने मध्ये अधिकांश सदस्यले चन्दको प्रस्तावलाई समेत समेटेर जानुपर्ने सुझाव दिएका दिए ।

बैठक बिहान ११ बजेपछि कुपण्डोलस्थित नेवा: राज्य समितिको कार्यालयमा बस्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us