सके पार्टी एकता, नसके कार्यगत एकता गरौं : प्रकाश

काठमाण्डु टुडे २०७१ असार १९ गते १२:०२ मा प्रकाशित

काठमाण्डु, १९ असार – एकीकृत नेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले वामपन्थीबीच पार्टी एकता गर्न ढिला भइसकेको बताएका छन् ।

narayan kajiएमाले नवौं महाधिवेशन उद्घाटन समारोहलाई संवोधन गर्दै प्रकाशले वामपन्थी पार्टीबीच सके एकता, नसके कार्यगत एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।

आफूलाई असली वामपन्थी भनेर पुष्टि गर्ने हो भने वर्गीय मुद्धाको नेतृत्व गर्न वामपन्थी शक्तिबीच सहकार्य गरेर अगाडी बढ्न जरुरी भइसकेको उनको भनाइ थियो ।

साथै उनले विगतको झापा विद्रोह, जनयुद्ध , जनआन्दोलन लगायतका आन्दोलनहरुद्धारा प्राप्त उपलब्धीलाई संस्थागत गर्न संविधानसभाबाट जनताको संविधान जारी गर्न एमालेले अहंम भूमिका खेलोस् भन्ने शुभकामना दिएका थिए ।

सो अवसरमा देशले प्रगती र समृद्धि हाँसिल गर्न संविधानसभा भित्र रहेका सबै दलहरु मिल्नुपर्ने र संविधानसभा भन्दा बाहिर रहेको नेकपा –माओवादी लगायतका दललाई समेत विश्वासमा लिई अगाडी बढ्नुपर्ने उनले धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us