काठमाण्डु, १९ असार– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभामा रहेर र बाहिर रहेका दललाई संविधान निर्माणको प्रक्रृयामा सहमतिमा ल्याउन सक्ने गरी
एमालेको महाधिवेशन सम्पन्न होस् भन्ने कामना गरेका छन् ।
एमाले नवौं महाधिवशेनको सफलताको कामना गर्दै उनले आफ्ना सभासद्लाई संविधान निर्माणका काममा महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देश गर्न पनि पार्टीलाई आग्रह गरे । उनले एमालेले आफ्नो वैचारिक प्रतिवेदन सहमतिका आधारमा प्रस्तुत भएकाले नेतृत्व चयनमा पनि सहमति गर्न सुझाव दिए ।
एमालेका शीर्ष नेताहरू मिलेमा देश हल्लन्छ भन्ने अध्यक्ष झलनाथ खनालको भनाइलाई सम्झादै नेम्वाङले भने ‘देश हल्लिए हल्लियोस् हामी थामाौला तर तपाईाहरू मिल्नुहोस् ।’