एमाले महाधिवेशनमा भारतीय नेतामाथि बोतल प्रहार

काठमाण्डु टुडे २०७१ असार १९ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, १९ असार – एमाले नवौं महाधिवेशन उद्घाटन समारोहमा संवोधन गरेर फर्कने क्रममा भारतीय जनता पार्टीका नेता विजय जोलीमाथि बोतल प्रहार भएको छ ।

bijaya joliसमारोह स्थलबाट बाहिर निस्कन लाग्दा समारोहमा भाग लिन नपाएको झोकमा आक्रोशित समुहले जोलीलगायतका नेतालाई आक्रमण गरेका हुन् । आक्रमणबाट उनलाई सामान्य चोट लागेको जनाइएको छ ।

सो निन्दनीय व्यवहारको एमालले खेद व्यक्त गरेको छ । पार्टी महासचिव इश्वर पोखरेलले सो व्यवहारको निन्दा र भत्सर्ना गर्दै सरकारसँग संलग्नमाथि कारवाहीको माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us