एमाले महाधिवेशन सुरु , बाहिर कार्यकर्ता आक्रोशित

काठमाण्डु टुडे २०७१ असार १९ गते ३:४८ मा प्रकाशित

Uml-new-logoकाठमाण्डु, १९ असार– मुलुकको दोश्रो ठूलो दल नेकपा एमालेको नवौं महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ ।

१ बजे उद्‌घाटन भनिएपनि एक घण्टा ढिला गरी सुरु भएको हो । एमाले अध्यक्ष झलनाथ खनालले पानसमा बत्ती बालेर औपचारीक रुपमा महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशनको उदघाटन शत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिइरहेका छन् ।

भित्र उद्घाटन भइरहँदा भित्र पस्न नपाएको भन्दै कार्यकर्ताहरुले भने प्रदर्शनी मार्गमा प्रदर्शन गरेका थिए । उनीहरुको प्रहरीसंग झडप समेत भएको थियो । आक्रोशित कार्यकर्ताले व्यानरहरु तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । 

महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले राजनीतिक र महासचिव ईश्वर पोखरेलले सांगठनिक र विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।  ४ दिनसम्म चल्ने महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयनसमेत गर्नेछ ।

नीतिगत रुपमा एकरुपतमा भए पनि नेतृत्व चयनमा भने तीव्र धु्रवीकरण देखिएको छ । अध्यक्षमा वरिष्ठ नेपाल माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली अध्यक्षका दाबेदार छन् । दुवै समूह प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न क्रियाशिल देखिएका छन् ।

उनीहरुले एक अर्काविरुद्ध सार्वजनिक रुपमै चर्को आलोचना गर्दैै आएका छन् । आगाी असार २४ गतेसम्म चल्ने महाधिवेशनमा मुलुकभर र प्रवासबाट समेत गरी २३ सय बढी प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us