समाचार

बाबुरामले पार्टी फुटाउने कल्पनै गर्न सक्दिन: प्रचण्ड

२०७१ साउन २१ गते २:१२

काठमाण्डु, २१ साउन–एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जतिसुकै अन्तरसंघर्ष भए पनि नेता बाबुराम भट्टराईले पार्टी नफुटाउने दाबी गरेका छन् । अनुशासन उल्लंघन गरेको भन्दै भट्टराई पक्षका दुई नेतालाई कारबाही गरेको अर्को दिन मंगलबार आफ्नो निवासमा कान्तिपुरसँग कुरा गर्दै उनले भट्टराई अलग हुने कल्पनासमेत नगरेको बताए...

प्रधानमन्त्रीले हटाए स्वकीय सचिव

२०७१ साउन २१ गते १:५०

काठमाण्डु, २१ साउन– प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना स्वकीय सचिव लक्ष्मण ढकाललाई बर्खास्त गरेका छन् । ढकालले मंगलबार राति पदमुक्त भएको पत्र बुझेको बालुवाटार स्रोतले जनाएको छ । उनीमाथि विश्वासघात र मर्यादा उल्लंघन गरेको आरोप छ । स्रोतका अनुसार उनलाई कमजोरी सुधार्न पटकपटक दिइएको चेतावनी...

चीनले भन्यो, ‘सिन्धुपाल्चोक पहिरो प्रभावितलाई सघाउन तयार छौं’

२०७१ साउन २० गते १५:०८

काठमाण्डु, २० साउन- उत्तर छिमेकी चीनले सिन्धुपाल्चोकको माङमा जुरेमा गएको पहिरो प्रभावितलाई सघाउने इच्छा देखाएको छ । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपाली समकक्षी सुशील कोइरालालाई पत्र लेखी सहयोगका लागि तयार रहेको बताएका हुन् । चिनियाँ समाचार संस्था सिन्हवाका अनुसार लीले पहिरोमा ज्यान गुमाएकाप्रति समवेदना...

पार्टीभित्रका अराजकलाई छाडिन्न: पासाङ

२०७१ साउन २० गते १४:५६

धादिङ, २० साउन- एकीकृत माओवादीका स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’ ले पार्टीभित्र अराजक गतिविधि गर्ने जो कोहीलाई नछाड्ने चेतावनी दिएका छन् । धादिङ सदरमुकाममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी नीति, पद्धति र विधानविपरीत गतिविधि गर्ने सबैमाथि कारबाही गरिने बताए । एमाओवादी स्थायी...

मोदीले पशुपति दर्शन गरेको विरोधमा भारतमा हंगामा

२०७१ साउन २० गते १४:४३

काठमाण्डु, २० साउन- प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिको दर्शन र पूजाआजा गरेको विरोधमा भारतीय संसदकाे तल्लो सदन लाेकसभामा हंगामा भएको छ । मोदीले पशुपति दर्शन गरेको विषयले लोकसभामा मंगलबार हंगामा मच्चिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुई दिने नेपाल भ्रमणमा आएका...

पहिरोले वस्ती नै पुरिएको छ, बामदेवले फोन उठाएनन्

२०७१ साउन २० गते १४:३०

शनिबार बिहान भर्खरै ओछ्यानबाट उठेर फ्रेस हुँदै थिएँ । ६ बजेतिर मोबाइलको रिङ बज्यो । पार्टीका सिन्धुपाल्चोक अध्यक्ष माधव सापकोटाको फोन रहेछ । उनले जिल्लाको माङखामा ठूलो पहिरो गएको र सुनकोसी नदी थुनिएर अरनिको राजमार्गसँगै जोडिएका नदी छेउका घरहरु डुब्ने खतरा रहेको बताए ।...

५ डिनसहित १४ लाई निलम्बन गर्न अख्तियारको निर्देशन

२०७१ साउन २० गते १२:००

काठमाण्डु , २० साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका ५ डीनसहित १४ पदाधिकारीलाई निलम्बन गर्न निर्देशन दिएको छ । निलम्बनमा परेका पदाधिकारीहरुले विश्वबिद्यालयको भौतिक पूर्वाधार निर्माण, खरिदप्रक्रिया, शिक्षक तथा कर्मचारी नियुक्ती र विश्वबिद्यालयको कोष सञ्चालमा भ्रष्टाचार गरेको अख्तियार स्रोतले बताएको छ ।...

‘मैले कुम तानेकै हुँ, प्रधानमन्त्रीलाई जोड्दा दु:ख लाग्यो: रिजाल

२०७१ साउन २० गते ११:४६

काठमाण्डु, २० साउन– सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा आफूले प्रधानमन्त्री सुशील कोइरालाको कोट तानेको स्वीकार गरेका छन् । रिपोर्टर्स क्लबमा मंगलबार भएको कार्यक्रममा उनले अस्वस्थताका कारण कमजोर भएका प्रधनामन्त्रीलाई आफूले सहयोग मात्र गरेको बताए ।...

पहिरो पन्छाउन चीन र भारत गुहारेर देशकै बेइज्जत गरियो: सापकाेटा

२०७१ साउन २० गते ११:४५

काठमाण्डु, २० साउन– सभासदहरुले सिन्धुपाल्चोक पहिरो पीडितको रातह र उद्धारमा उदाशीनता देखाएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा बोल्दै उनीहरुले तत्काल राहत र उद्धारकार्यमा तीव्रता दिन माग गरेका हुन् । सरकारले पहिरो प्रभावितका लागि ठूला घोषणा मात्र गरेको तर काम...

यसरी गरिन् महिलाले पुरुषको अपहरण

२०७१ साउन २० गते ११:३०

कास्की, २० साउन – जवरजस्ती सवारी साधनमा राखी अपहरण गरेर लैजाने दाङ जिल्ला घोराही रामपुर–४ बस्ने २५ बर्षीया मिना भण्डारी सहित २ महिला र ९ पुरुष गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपहरणमा पर्ने पोखरा उपमहानगरपालिका–८ नयाँ बजार स्थित सस्तो बजारमा फलफूल पसल...

मिनेन्द्रले रिपोर्टर्स क्लबमा काठमाण्डु टुडे लग इन गरेर भने, मेरो गल्ती कहाँ छ ?

२०७१ साउन २० गते ११:२९

काठमाण्डु, २० साउन– सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा प्रधानमन्त्रीको कोट तानेको विषयमा काठमाण्डु टुडेले प्रकाशित गरेको समाचार पत्रकारलाई देखाएका छन् । सञ्चारकर्मीले प्रधानमन्त्रीलाई हातको कुइनो समातेर तानेको विषमया प्रश्न गरेपछि उनले मोबाइलमा काठमाण्डु टुडे...

आफनै घरमा आगो लगाउँदा मृत्यु

२०७१ साउन २० गते ११:१२

दाङ , २० साउन – श्रीमतीसंग विवाद गरी आफनै घरमा आगजनी गर्दा रामपुर–२ बस्ने ४५ बर्षीय भिमबहादुर रावतको जलेर मृत्यु भएको छ । उनले मङ्गबार श्रीमतीसंग सामान्य विवाद गरी आफु घर भित्र बसी आगो लगाउदा जलेर घटनास्थलमै मृत्यु भएको थियो । आगलागीबाट घर पूर्ण रुपमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us