पहिरो पन्छाउन चीन र भारत गुहारेर देशकै बेइज्जत गरियो: सापकाेटा

काठमाण्डु टुडे २०७१ साउन २० गते ११:४५ मा प्रकाशित

काठमाण्डु, २० साउन– सभासदहरुले सिन्धुपाल्चोक पहिरो पीडितको रातह र उद्धारमा उदाशीनता देखाएको भन्दै सरकारको चर्को आलोचना गरेका agni sapkotaछन् ।
व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा बोल्दै उनीहरुले तत्काल राहत र उद्धारकार्यमा तीव्रता दिन माग गरेका हुन् । सरकारले पहिरो प्रभावितका लागि ठूला घोषणा मात्र गरेको तर काम नगरेको उनीहरुको आरोप छ ।

‘सरकारले पहिरो पीडितको राहत र उद्धारका लागि ठूल्ठूला घोषणा गरेको छ’, सिन्धुपाल्चोकका एमाओवादी सभासद अग्नि सापकोटाले भने, ‘तर राहत र उद्धारमा भएको ढिलाइले परिवार र घरबार गुमाएका पीडितहरु थप मर्माहत भएका छन् ।’

सरकारले उद्धार र राहत कार्यमा आफ्नो शक्ति र साधनस्रोतको प्रभावकारी परिचालन गर्नुको साटो छिमेकी चीन र भारत गुहारेको भन्दै सापकोटाले आपत्ति जनाए । ‘आफनो शक्ति र साधनस्रोत परिचालन गर्नुभन्दा चीन र भारतको सहयोग मागेर सरकारले देशकै बेइज्जत गरेको छ’, सापकोटाले भने, ‘यस घटनाबाट सरकारको गैरजिम्मवारीपन, अकर्मण्यता र उदाशीनता उदांगो भएको छ ।’

सरकारले घाइतेको निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको घोषणा गरे पनि अस्पतालहरुमा उपचार नपाएर बिरामीहरुको विचल्ली भइरहेको सापकोटाले बताए ।

बैठकमा काँग्रेस सभासद मोहन बस्नेत, एमालेका अमृत बोहरा, संघीय समाजवादीका अकोशकुमार राई र फोरम नेपालका उपेन्द्र यादवलगायतले पहिरो पीडितको उद्धार र राहतमा ढिलाइ भएकामा आपत्ति जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us