काठमाण्डु, साउन २० – रसुवाका स्थानीय वासिन्दाले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध संचालक कुलमान घिसिङ्लाई २८ गतेसम्म पूर्नवहाली नगरे ३० गतेदेखि अनिश्चितकालिन रसुवा बन्दको घोषणा गर्ने चेतावनी दिएका छन् । उर्जामन्त्री राधा ज्ञवालीले ठाडो आदेशमा विना कारण घिसिङलाई हटाएको भन्दै स्थानीय वासिन्दाहरु २० दिनदेखि आन्दोलनमा...
सिरहा , २० साउन – सिरहाको खरुकियाही गाविसका दुई व्यक्तिको घरमा सोमबार मध्यरातमा अपरिचित व्यक्तिहरुले हतियार देखाएर डकैती गरेका छन् । पाँच – सात जनाको समूहमा रहेका अपरिचित व्यक्तिहरुले खरुकियाही–२ का ठकेन्द्र यादव र रामऔतार यादवको घरमा डकैती गरेका हुन् । उनीहरुले दुई घरबाट...
रौतहट, २० साउन – जिल्लाको पोठियाही गाविस बस्ने एक महिलाले एकैपटक चम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । स्थानीय पोठियाही गाविस–८ बस्ने मधुदेवी यादवले सोमबार पहिलो गर्भबाट दुई छोरा तथा दुई छोरी जन्माएको वीरगन्जस्थित नेसनल मेडिकल कलेजले जनाएको छ । नवजात शिशुको तौल ५०० देखि...
काठमाण्डु, २० साउन–एक २ वर्षे शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा दोषी प्रमाणित भएकी एक नेपाली घरेलु कामदारलाई सोमबार मृत्युदण्ड दिइएको समाचार छ । ती महिलालाई सरकारी अधिकारीहरुले टाउको काटेर मृत्युदण्ड दिइएको गृहमन्त्रालयले जनाएको छ । यी घरेलु कामदार महिला साउदी शिशु ओसामा विन...
भक्तपुर, २० साउन – परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले आजदेखि एसएलसी पूरक (मौका) परीक्षा सञ्चालन गरेको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गतेसम्म सञ्चालन हुनेछ । विसं २०७० को एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन...
कावासोती, २० साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नेपाल आएका जीतबहादुर सारु मगरलाई हेर्न स्थानीयको भीड लागेको छ । नवलपरासीको कावासोतीस्थित लोकाहामा दाजु दशरथको घरमा आएका उनलाई हेर्नेको भीड लागेको हो । आइतबार नेपाल आएका जीतबहादुरलाई प्रधानमन्त्री मोदीले परिवारको जिम्मा लगाएपछि उनीहरु आइतबार नै...
चितवन, २० साउन– पूर्वी चितवनको वीरेन्द्रनगरमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ । नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना २ च १५५ नम्बरको एम्बुलेन्सको ठक्करबाट खैरहनी–२ वैरहनीकी ३० वर्षीया शर्मिला सेढाईंको ज्यान गएको हो । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाण्डु, २० साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार व्यवस्थापिका–संसदलाई नेपाली भाषामा सम्बोधन गर्दा सबै चकित भए । ४८ मिनेट लामो भाषणका क्रममा उनले पहिलो तीन मिनेट नेपालीमा बोलेका थिए । धेरैले उनले ‘नेपालीहरुको भावना जित्न’ नेपालीमा भाषण दिएको ठाने । तर काठमाण्डु टुडेलाई प्राप्त...
म्याग्दी, २० साउन–म्याग्दीको काली गण्डकी किनारमा नुन खानी रहेको अनुमान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत शिख र नारच्याङ गाविसको सिमानामा पर्ने पाउद्वारमा काली गण्डकीनजिकै नुनिलो पानीको मुहान भेटिएपछि नुन खानी भएको आशंका गरिएको हो । तातोपानी संरक्षण समिति सदस्य पूर्णबहादुर पुनले नुन...
सिन्धुपाल्चोक २० साउन– सिन्धुपाल्चोकमा भीषण पहिरोपछि थुनिएको सुनकोसी नदीको प्राकृतिक बहास सुचारु गराउने प्रयास आज पनि जारी छ । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका अधिकारी, भूगर्भविद, मौसम विदको सुझावमा नेपाली सेनाले बम विस्फोट गराएर थुनिएको नदी खोल्न लागेको हो । त्यसका लागि काठमाण्डुबाटै नेपाली...
काठमाण्डु, २० साउन– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले आफू पक्षधर नेतामाथि गरिएको अन्यायपूर्ण कारबाही तत्काल फिर्ता लिन माग गरेको छ । भट्टराई पक्षीय नेता देवेन्द्र पौडेलले कारबाही फिर्ता गरी तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरे । ‘पार्टीभित्रको बहसलाई कारबाहीले हल गर्ने कुरा...
काठमाण्डु, २० साउन– लिम्बूवान राज्य प्राप्तिको माग राखेर क्षेत्रीय राजनीति गर्दै आएका पूर्वका पाँचवटा लिम्बूवान पार्टीहरुबीच एकता भएको छ । धनकुटाको भेडेटारमा तीन दिनसम्म बसेको ती पार्टीको बैठकले औपचारिक रुपमा एकताको निर्णय गरेको हो । वीर नेम्वाङ नेतृत्वको लिम्बूवान मुक्ति मोर्चा, कुमार लिङदेन नेतृत्वको...