मध्यरातमा हतियार देखाएर डकैती

काठमाण्डु टुडे २०७१ साउन २० गते ८:४१ मा प्रकाशित

सिरहा , २० साउन – सिरहाको खरुकियाही गाविसका दुई व्यक्तिको घरमा सोमबार मध्यरातमा अपरिचित व्यक्तिहरुले हतियार देखाएर डकैती गरेका छन् ।

पाँच – सात जनाको समूहमा रहेका अपरिचित व्यक्तिहरुले खरुकियाही–२ का ठकेन्द्र यादव र रामऔतार यादवको घरमा डकैती गरेका हुन् ।

उनीहरुले दुई घरबाट करिब रु दुई लाख मूल्य बराबरको सामान लुटेर लगेको पीडितहरुले बताएका छन् ।

उनीहरुको घरबाट नगद ४० हजार, एलइडी टिभी एक थान, सुन एक तोला, मोबाइल एक थानलगायतका समान लुटेर लगेका छन् ।

पीडित ठकेन्द्र यादवले लुटेराहरु हतियार देखाएर डकैती गर्न थालेपछि आफूहरुले पतारी प्रहरी कार्यालयमा जानकारी गराउँदा पनि प्रहरी नआएको गुनासो गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us