काठमाण्डु, साउन २० – रसुवाका स्थानीय वासिन्दाले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध संचालक कुलमान घिसिङ्लाई २८ गतेसम्म पूर्नवहाली नगरे ३० गतेदेखि अनिश्चितकालिन रसुवा बन्दको घोषणा गर्ने चेतावनी दिएका छन् ।
उर्जामन्त्री राधा ज्ञवालीले ठाडो आदेशमा विना कारण घिसिङलाई हटाएको भन्दै स्थानीय वासिन्दाहरु २० दिनदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले उर्जामन्त्री ज्ञवालीलीको निर्देशनमा विद्युत प्राधिकरणका निर्देशकहरुलाई नियुक्ती गरेको विरुद्धमा पनि सशक्त रुपमा विरोध गर्दै आएका छन् ।
स्थानीयहरुले पूर्वाग्रही रुपमा चिलिमेका प्रबन्ध संचालक घिसिङ्लाई हटाएको भन्दै विनासर्त अविलम्ब पूनरवहाली गर्नुपर्ने, नेपाली जनताको लगानी रहेको चिलिमेमा उर्जामन्त्रीको ठाडो हस्तक्षेप रोकिनुपर्ने लगायतका ९ बुँदे माग अघि सारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रसुवा जिल्लाका सम्पूर्ण जिल्लावासीहरुले चिलिमे विद्युत कम्पनीमा उर्जामन्त्रीले हस्तक्षेप गरेको आरोप लगाउँदै तत्काल निर्णय फिर्ता नलिए आफूहरु कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
उर्जामन्त्रीद्धारा गरिएको हस्तक्षेपको विरुद्धमा ऐक्यबद्धता जनाउँदै रसुवाका सवै राजनीतिक दलका प्रतिनिधिहरुले एकै स्वरमा मन्त्रीले तत्काल निर्णय फिर्ता लिई कुलमान घिसिङ्लाई पूर्नवहाली गर्नुृपर्ने साझा धाराणा राखेका छन् ।
नेपाली काँग्रेस रसुवा जिल्ला सभापति लामा कार्पूले उर्जामन्त्री राधा ज्ञवालीले रसुवाली जनताको भावावना माथि खेलबाड गरेको आरोप लगाँउदै निर्णय तत्काल फिर्ता नलिए आफूहरु सशक्त आन्दोलनको आँधी बेहरीबाट हटाउन बाध्य हुने चेतावनी दिए ।
एकीकृत माओवादीका प्रतिनिधि एवम् पूर्व सभासद प्रेमबहादुर तामाङ्ले आफूहरुको आन्दोलन केवल कुलमान घिसिङ्लाई हटाएर कुनैपनि जलविद्यबुतका आयोजनाहरु अघि बढ्न नसक्ने ठोकुवा पनि गरे । उनले आफूहरुको जायज माग मन्त्री ज्ञवालीले नसुने जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको बताए । नेपाली लगानीमा बन्न लागेका आयोजनाहरुलाई तुहाउने र कमिशनखोरको चङ्गुलमा फसेर मन्त्रीले यस्तो निर्णय गरेकोमा तामाङले घोर आपत्ति जनाएका छन् ।