समाचार

शीतलनिवासमा भारतीय मिडियालाई प्रवेश खुला, नेपालीलाई निषेध

२०७१ साउन १९ गते ८:२०

काठमाण्डु, १९ साउन– राष्ट्रपति  रामवरण यादव र नेपाल भ्रमणमा रहेका नरेन्द्र मोदीबीचको भेटघाटको समाचार संकलनका लागि गएका सञ्चारकर्मीलाई शीतलनिवास प्रवेशमा रोक लगाइएको छ । मोदी आउनुअघि नै शीतलनिवास पुगेका पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले राष्ट्रपति भवनको मुल गेटमै रोकेका थिए । सरकारीबाहेक निजी क्षेत्रका सञ्चारकर्मीलाई भित्र...

मोदीले बुद्ध नेपालमा जन्मेका हुन् भन्दा लुम्बिनीवासी खुसी

२०७१ साउन १९ गते ७:३६

सिद्धार्थनगर, १९ साउन – नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीले बुद्ध नेपालमा जन्मेको भनी संसद्मा नै भाषण गरेपछि लुम्बिनीवासी खुसी भएका छन् । भारतका कतिपय नागरिकले नै पटकपटक लुम्बिनी भारतमा पर्छ भन्ने गलत प्रचारप्रसारबाट आजित भएका यहाँका बासिन्दा प्रधानमन्त्री मोदीले नै हिंसाको अन्त्य बुद्धभूमि नेपालबाट...

हेलिकोप्टरको पङ्खाले काटिएर एकको मृत्यु

२०७१ साउन १९ गते ७:३०

चौतारा, १९ साउन – फिस्टेल एयरको हेलिकोप्टरको पङ्खाले काटिएर एक जनाको मृत्यु भएपछि पाइलटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फिस्टेल एयरका पाइलट काठमाण्डु – ९ सिनामङ्गल निवासी सुजल श्रेष्ठलाई सोमबार बिहान नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । सिन्धुपाल्चोकको...

मोदीले दिए कमल थापालाई ५ मिनेट

२०७१ साउन १९ गते ६:४५

काठमाण्डु , १९ साउन – राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने समय पाएका छन् । तीन दलको सिन्डिकेट भन्दै संसदमा हंगामा मच्चाउँदै आएका अध्यक्ष थापाको स्वरलाई मत्थर मार्न सरकार र तीन दलको प्रयासमा भेटघाटको समय जुराई दिएका हुन् ।...

राष्ट्रपतिले मोदीलाई भने , ‘नेपालीको मन जितेकोमा साधुवाद’

२०७१ साउन १९ गते ६:०५

काठमाण्डु, १९ साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति भवन शितलनिवासमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा राष्ट्रपति रामवरण यादवले मोदीलाई तपाइँले सम्पूर्ण नेपालीको मन जित्नुभएकोमा साधुवाद भनेका छन् । भ्रमणको पहिलो दिन आइतबार संसदमा गरेको संवोधनलाई उद्धृत गर्दै बधाइ दिएको स्रोतले बताएको छ...

मोदीले दिए पशुपतिलाई २५ करोड

२०७१ साउन १९ गते ५:२८

काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरको पूर्वाधार विकासका लागि २५ करोड भारतीय रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । नेपाल भ्रमणको दोश्रो तथा अन्तिम दिन सोमबार पशुपतिनाथको दर्शन तथा पूजाआजा गरेका मोदीले त्यसलगत्तै उक्त सहयोग घोषणा गरेका हुन् ।...

संखुवासभामा पहिरोमा पुरिएर चारको मृत्यु, ७ जना बेपत्ता

२०७१ साउन १९ गते ५:१७

संखुवासभा, १९ साउन-संखुवासभाको स्याबुन गाविसमा गएराति गएको पहिरोमा पुरिएर बालकसहति चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका कृर्तिमान कोइराला, उनकी श्रीमति रेविमाया, छोरी तुलसी र छिमेकी १० वर्षीय प्रज्वल कोइराला रहेको संखुवासभा प्रहरीले जनाएको छ । स्याबुन–३ फच्याङ गाउँमा गएको पहिरोमा...

सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुनेको संख्या २९ पुग्यो

२०७१ साउन १९ गते ५:०१

चौतारा, १९ साउन– सिन्धुपाल्चोकको माङखा गाविसको जुरेमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ । डोजरले पहिरो पन्छाउने क्रममा सोमबार थप १९ जनाको शव फेला परेको हो । अधिकांश मृतकको शव चिन्न नक्ने अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी...

मोदी आउँदा पशुपतिमा नेपालीलाई प्रवेश निषेध

२०७१ साउन १९ गते ४:०१

काठमाण्डु, १८ साउन– साउने सोमबारका दिन हिन्दूहरुले पशुपतिनाथको विशेष पूजाअर्चना गर्ने गर्दछन् । तर सोमबार भने दर्शन र पूजाआजका लागि मन्दिर पुगेका नेपालीले सास्ती खेप्नुपर्‍यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष पूजाका लागि आउने भएपछि बिहान ८ बजेबाट झण्डै एक घण्टासम्म नेपालीलाई दर्शन र...

सैनिक हेलिकोप्टरको स्कर्टिङमा पशुपति पुगे मोदी

२०७१ साउन १९ गते ३:५१

काठमाण्डु, १९ साउन– नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले अहिले पशुपतिथान मन्दिरको विशेष पूजाअर्चना गरेका छन् । मोदी आफू बसेको होटल हायातबाट बिहान नौ बजेर २५ मिनेटमा पशुपति परिसर पुगेका थिए । उनले मन्दिरमा करिब एक घण्टा बिताए । मोदीले पशुपतिनाथमा विषेश...

मोदीले नेपाल ‘सार्वभौम’ भन्दा ताली बजाउने नेपाली नेता

२०७१ साउन १९ गते ३:३२

काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आएको पहिलो दिन आइतबार व्यवस्थापिका–संसद् बैठकलाई विशेष सम्बोधन गरे । सुरुमा केही मिनेट नेपाली र त्यसपछि हिन्दीमा गरी मोदीले करिब पौने घण्टा धारा प्रवाह भाषण दिए । उनको भाषणशैली उत्कृष्ट थियो । भाषा प्रष्ट थियो र...

मोदीका कारण कहाँकहाँ चल्दैनन् गाडी ?

२०७१ साउन १९ गते २:४१

काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरन्द्र मोदीको सवारीका कारण आज पनि दिनभर काठमाण्डु उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । मोदीको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले उनको आवतजावत हुने क्षेत्रमा अन्य सवारी साधन सञ्चालनमा कडाइ गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us