मोदी आउँदा पशुपतिमा नेपालीलाई प्रवेश निषेध

काठमाण्डु टुडे २०७१ साउन १९ गते ४:०१ मा प्रकाशित

काठमाण्डु, १८ साउन– साउने सोमबारका दिन हिन्दूहरुले पशुपतिनाथको विशेष पूजाअर्चना गर्ने गर्दछन् ।

तर सोमबार भने दर्शन र पूजाआजका लागि मन्दिर पुगेका नेपालीले सास्ती खेप्नुपर्‍यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष पूजाका लागि आउने भएपछि बिहान ८ बजेबाट झण्डै एक घण्टासम्म नेपालीलाई दर्शन र पूजामा रोक लगाइएको हो ।

पशुपति दर्शनका लागि बिहानैदेखि लाइन लागेर ढोकैमा पुगेका दर्शनार्थीलाई समेत सुरक्षाकर्मीले बाहिर निकालेका छन् । मन्दिरबाट बाहिर निकालिएका दर्शनार्थीको मित्रपार्क, गुहेश्वरीलगायत क्षेत्रमा बाक्लो भिडभाड छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us