ज्वाला संग्रौलाले दिइन् निर्वाचन आयोगमा उजुरी, नामबाट ‘ज्वाला’ हटाइएकोबारे छानविन माग

काठमाण्डु टुडे २०८३ असार ११ गते १६:५२ मा प्रकाशित

काठमाण्डू, ११ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेतृ ज्वाला संग्रौलाले पार्टी केन्द्रीय समिति निर्वाचनको भोटिङ मेसिनमा आफ्नो नामबाट ‘ज्वाला’ हटाइएकोमा आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएकी छन् । यस विषयमा यथासिघ्र अनुसन्धान हुनुपर्ने उनले माग गरेकी छन ।

महाधिवेशनमा नेतृत्व चयनका लागि गठित निर्वाचन आयोगका प्रमुखलाई सम्बोधन गर्दै उनले उजुरी दिएकी हुन् । आफ्नो नाम ‘टिका संग्रौला (ज्वाला) रहेको र यही नामले महाधिवेशन प्रतिनिधि बन्नुका साथै मनोनयन दर्ता गराएको उनले बताएकी छन् ।

उजुरीमा उनले लेखेकी छन्, ‘पार्टीको वेवसाइटमा मेरो नाम केन्द्रीय सदस्य टिका संग्रौला ‘ज्वाला’ रहेको र यसै अनुसार महाधिवेशन प्रतिनिधि हुँदै उम्मेदवार बन्दा समेत यही नाम रहेकोमा भोटिङ मेसिनमा ‘टिका संग्रौला’ मात्रै राखिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस विषयमा के भएर नाम हटेको हो, यथासिघ्र अनुसन्धान गरियोस ।’ यस प्रक्रियाबाट आफूमाथि हुन गएको अन्याय र क्षतिको जिम्मा कसले लिने हो भन्ने पनि निर्वाचन आयोगले जवाफ दिनुपर्ने संग्रौलाको माग छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us