काठमाण्डूको शोभाभगवती पार्कमा एक पुरुष मृत फेला

काठमाण्डु टुडे २०८३ असार ११ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, ११ असार– काठमाण्डूको शोभाभगवतीमा एक पुरुषको शव भेटिएको छ । काठमाण्डू महानगरपालिका–१५ शोभाभगवतीस्थित शोभाभगवती पार्कमा शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४२ वर्षीय बिमल कार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us