काठमाण्डु, १९ साउन– राष्ट्रपति रामवरण यादव र नेपाल भ्रमणमा रहेका नरेन्द्र मोदीबीचको भेटघाटको समाचार संकलनका लागि गएका
सञ्चारकर्मीलाई शीतलनिवास प्रवेशमा रोक लगाइएको छ ।
मोदी आउनुअघि नै शीतलनिवास पुगेका पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले राष्ट्रपति भवनको मुल गेटमै रोकेका थिए ।
सरकारीबाहेक निजी क्षेत्रका सञ्चारकर्मीलाई भित्र जान माथिको आदेश नभएको भन्दै सुरक्षाकर्मीले गेटमै रोकेका थिए ।
यसैबीच
राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रितालले सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश गर्न दिने अनुमति भएकाले रोकिएको बताए । भारतीय मिडियाकर्मीले भने प्रवेश पाएका थिए ।