चौतारा, १९ साउन – फिस्टेल एयरको हेलिकोप्टरको पङ्खाले काटिएर एक जनाको मृत्यु भएपछि पाइलटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फिस्टेल एयरका पाइलट काठमाण्डु – ९ सिनामङ्गल निवासी सुजल श्रेष्ठलाई सोमबार बिहान नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको लिस्ती– ५ स्थित द लास्ट रिसोर्टमा ९ एनए– एजेआइ कलसाइन नम्बरको सो हेलिकोप्टर विदेशी पर्यटक लिन गएको थियो । आइतबार दिउँसो ३ बजे ल्यान्ड गर्ने क्रममा पछाडिको पङ्खाले घाँटी छिनाली नुवाकोट घर भएका सो रिसोर्टका प्रबन्धक ३१ वर्षीय ठाकुर रिमालको घटनास्थलमा मृत्यु भएको थियो ।
मृतकको शव परीक्षणका लागि सोमबार बिहान हेलिकप्टरमार्फत त्रिविवि शिक्षण अस्पताल काठमाण्डु लगिएको प्रहरीले जनाएको छ ।